Trending
Prev Story
Next Story

१२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माणमा तीव्रता, भौतिक प्रगति ३५ प्रतिशत पुग्यो

Bizshala •
November 22, 2026 • 08:35 AM
2
2 reads 0 reactions

काठमाण्डौ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको...

१२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माणमा तीव्रता, भौतिक प्रगति ३५ प्रतिशत पुग्यो

काठमाण्डौ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले विकास गरिरहेको आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ३५ प्रतिशत पुगेको छ।

आयोजनाको मुख्य संरचनाअन्तर्गत पर्ने हेडरेस टनेल (सुरुङ) खन्ने काम सुरु भइसकेको छ। त्यस्तै, विद्युत्गृह निर्माणस्थलमा समेत उत्खनन कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ।

आयोजनाको वित्तीय व्यवस्थापन सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सम्पन्न भएको छ भने माछापुच्छ्रे बैंक लिमिटेड सहनेतृत्व बैंकका रूपमा सहभागी छ।

हालसम्म आयोजनाको निर्माणमा प्रवर्द्धकहरूको स्वपुँजी लगानी उपयोग भइरहेको कम्पनीले जानकारी दिएको छ।

यसैबीच, आयोजनाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरीले माछापुच्छ्रे बैंकका रोशन केसीसहितको व्यवस्थापन टोलीसँग आयोजना स्थलको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा चौधरीले दक्ष तथा व्यावसायिक जनशक्तिको परिचालनबाट निर्माण कार्यलाई तीव्रता दिइएको उल्लेख गर्दै निर्धारित समयसीमाभित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

आयोजनाको निर्माण सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप १२८ मेगावाट विद्युत् उपलब्ध गराउन सकिनेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
27m ago
२१८ मेगावाटको तमोर मेवा आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

२१८ मेगावाटको तमोर मेवा आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

तामोर मेवा जलविद्युत् आयोजना १२८ मेगावाट को निर्माण कार्य  ३५ प्रतिशत समग्र भौतिक प्रगति

#जलविद्युत् #आयोजना #मेगावाट
Compare →
Hamro Patro News
17h ago
तमोर मेवा जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

तमोर मेवा जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्...

#जलविद्युत् #आयोजना #तमोर
Compare →
Onlinekhabar
2d ago
मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत् आईएक्समा बेच्न अनुमति

मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत् आईएक्समा बेच्न अनुमति

३ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता अन्तर्गत निर्यातका लागि स्वीकृतिप्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय ९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमतिप्राप्त गरेको छ । भारतको …

#जलविद्युत् #मेगावाट #आयोजना
Compare →
Arthasansar
1d ago
सरकारको लक्ष्य विरुद्ध कार्यदल, सरकारी जलविद्युतको मात्रै पीपीए, भारतमा कसरी बिक्री गर्ने १५ हजार मेगावट ?

सरकारको लक्ष्य विरुद्ध कार्यदल, सरकारी जलविद्युतको मात्रै पीपीए, भारतमा कसरी बिक्री गर्ने १५ हजार मेगावट ?

नेपाल विद्युत् प्राधिकरणले नेपाल विद्युत् खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । लामो समयदेखि हुन नसकेको पीपीएको प्रक्रिया अघि बढ्दा...

#जलविद्युत् #मेगावाट
Compare →
Nagarik News
2d ago
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

#आयोजना
Compare →

Related Stories

Business & Economy
Build #2612