Trending
Prev Story
Next Story

८ अर्ब २० करोड लागतको गुराँस हाइड्रोको निर्माण आधा सकियो, प्रभावित ४२२ परिवारलाई संस्थापक सेयर वितरण

Bizshala •
November 22, 2026 • 06:35 AM
2
2 reads 0 reactions

काठमाण्डौ । संखुवासभा र भोजपुरको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रोपावर आयोजनाको...

८ अर्ब २० करोड लागतको गुराँस हाइड्रोको निर्माण आधा सकियो, प्रभावित ४२२ परिवारलाई संस्थापक सेयर वितरण

काठमाण्डौ । संखुवासभा र भोजपुरको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रोपावर आयोजनाको निर्माण प्रगति ५० प्रतिशत नाघेको छ।

गुराँस हाइड्रो लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाको प्रस्तावित कुल लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। सङ्खुवा खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ।

आयोजनाको हेडवर्क्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिकाको वडा नम्बर १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ। सङ्खुवा र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङमार्फत पानी विद्युत्गृहसम्म पुर्‍याउने संरचना तयार पारिँदै छ।

विद्युत्गृह भने भोजपुरतर्फको बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ। विद्युत् उत्पादनपछि प्रयोग भएको पानी अरुण नदीमा छोड्ने गरी आयोजनाको संरचना डिजाइन गरिएको छ।

आयोजनाले प्रभावित क्षेत्रका ४२२ परिवारलाई संस्थापक सेयर उपलब्ध गराएको छ।

कम्पनीका अनुसार स्थानीय प्रभावित परिवारलाई न्यूनतम १ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको संस्थापक सेयर प्रदान गरिएको हो।

कम्पनीका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले आयोजित एक समारोहमा प्रभावित परिवारलाई सेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

कार्यक्रममा घिमिरेले आयोजना निर्माणमा स्थानीय समुदायको सहयोग र सहभागिता महत्वपूर्ण रहेको बताए।

उनले आयोजनाले राष्ट्रिय विद्युत् उत्पादनमा योगदान पुर्‍याउनुका साथै स्थानीय बासिन्दालाई आयोजनासँग आर्थिक रूपमा जोड्ने अवसरसमेत सिर्जना गरेको उल्लेख गरे।

गुराँस हाइड्रो आयोजनाको निर्माण कार्यमा हाल करिब ७०० जना जनशक्ति संलग्न रहेको कम्पनीले जनाएको छ।

यसमा प्राविधिक, निर्माण कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल प्रहरी र नेपाली सेनाका जनशक्तिसमेत समावेश छन्।

आयोजना निर्माणसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै व्यापार, यातायात तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ।

आधा भन्दा बढी निर्माण सम्पन्न भइसकेको आयोजनाले बाँकी कामलाई थप तीव्रता दिँदै विद्युत् उत्पादनको लक्ष्य हासिल गर्ने तयारी गरिरहेको छ।

आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप ४७.१ मेगावाट जडित क्षमता थपिनेछ।

कम्पनीले आयोजना सञ्चालनपछि संखुवासभा र भोजपुरको स्थानीय अर्थतन्त्र, रोजगारी तथा समग्र ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

३ मंसिर, बाजुरा । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ । गत वर्ष पनि ३ अर्ब रुपैयाँभन्दा बढी लागतमा ५० …

#आयोजना #लागत
Compare →
Ekantipur
18h ago
वन विभागको ढिलाइले अरुण करिडोरको ठेक्का प्रभावित

वन विभागको ढिलाइले अरुण करिडोरको ठेक्का प्रभावित

वन क्षेत्रको अवस्था स्पष्ट पार्न आयोजनाले गत साउनमै पठाएको थियो पत्र, विभागबाट अहिलेसम्म जवाफ आएन

#आयोजना #प्रभावित
Compare →
Hamro Patro News
1d ago
टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज

टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज

टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज केहि सेकेन्ड अघि काठमाडौं : टाटा समूह र सिप्रदियन सहायता संस्थाले हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरायसी सा...

#प्रभावित #परिवारलाई
Compare →
Nagarik News
2d ago
टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा नुवाकोटका विपद् प्रभावित परिवारलाई दुई हजार स्टिल दराज हस्तान्तरण

टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा नुवाकोटका विपद् प्रभावित परिवारलाई दुई हजार स्टिल दराज हस्तान्तरण

‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (एसएसएस) को सहकार्यमा उक्त सहयोग उपलब्ध गराइएको हो।

#प्रभावित #परिवारलाई
Compare →

Related Stories

Business & Economy
Build #2612