Trending
Prev Story
Next Story

वन विभागको ढिलाइले अरुण करिडोरको ठेक्का प्रभावित

Ekantipur •
November 21, 2026 • 01:02 PM
3
3 reads 0 reactions

वन क्षेत्रको अवस्था स्पष्ट पार्न आयोजनाले गत साउनमै पठाएको थियो पत्र, विभागबाट अहिलेसम्म जवाफ आएन

वन विभागको ढिलाइले अरुण करिडोरको ठेक्का प्रभावित

वन क्षेत्रको अवस्था स्पष्ट पार्न आयोजनाले गत साउनमै पठाएको थियो पत्र, विभागबाट अहिलेसम्म जवाफ आएन

धनकुटा — वन तथा भूसंरक्षण विभागले सडक निर्माणस्थलमा रहेका रुखबिरुवा तथा अन्य संरचना हटाउनुपर्ने भए–नभएको यकिन गर्न ढिलाइ गर्दा अरुण करिडोर सडक आयोजनाको ठेक्का प्रक्रिया प्रभावित भएको छ ।

६५ किलोमिटर लामो अरुण करिडोर सडक आयोजनाअन्तर्गत चतरा–लेगुवाघाट सडक खण्डको चेनेज २३ सयदेखि २७ सयसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन ढिलाइ भएको आयोजना प्रमुख मनिषमान शाक्यले बताए । आर्थिक वर्ष २०८३/०८४ भित्र ठेक्का लगाएर निर्माण सुरु गर्ने लक्ष्य राखिएको उक्त खण्डमा वन क्षेत्रको अवस्था स्पष्ट पारिदिन आयोजनाले गत साउनमै विभागलाई पत्राचार गरेको थियो । तर, अहिलेसम्म जवाफ प्राप्त नभएको शाक्यले बताए ।

उनका अनुसार यसअघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गर्दा साँगुरीगढी गाउँपालिकामा पर्ने चेनेज १७ सयदेखि २३ सयसम्मको खण्डमा रहेको अरुण भ्याली सामुदायिक वनको नाम छुटेको थियो । त्यसका कारण ट्र्याक खोलिसकिएको उक्त खण्डको ठेक्का फरफारकमा समेत समस्या भइरहेको छ ।

‘अघिल्लो पटक वन क्षेत्रको विवरण छुट्दा समस्या भोग्नुपरेको छ । फेरि त्यस्तै अवस्था नआओस् भनेर निर्माण सुरु गर्नुअघि नै रुखबिरुवा हटाउनुपर्ने अवस्था र वन क्षेत्रको विवरण स्पष्ट पार्न विभागलाई पत्र पठाएका हौं,’ शाक्यले भने, ‘विभागबाट जवाफ नआएकाले ठेक्का प्रक्रिया अघि बढाउन ढिलाइ भइरहेको छ ।’

निर्माण सुरु भएपछि रुख कटान, व्यवस्थापन तथा साइट क्लियरेन्समा समस्या आए आयोजना नै प्रभावित हुन सक्ने भएकाले विभागको जवाफ पर्खिएको उनले बताए ।

डिभिजन वन कार्यालय धनकुटाले भने आयोजनाको स्वीकृत प्रोजेक्ट डकुमेन्टअनुसार काम अघि बढाउँदा समस्या नहुने जनाएको छ । डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले विभागबाट पत्र प्राप्त नभए पनि आयोजनाको प्रोजेक्ट डकुमेन्टअनुसार निर्माण प्रक्रिया अघि बढाउन सकिने बताए । ‘आयोजनाको स्वीकृत प्रोजेक्ट डकुमेन्टअनुसार काम अघि बढाउँदा खासै बाधा पर्ने देखिँदैन,’ ढकालले भने ।

यसअघि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भूसंरक्षण विभागले २०८१ मंसिर २३ गते अरुण करिडोरको चतरा–लेगुवाघाट सडक खण्ड निर्माणका लागि राष्ट्रिय वनको जग्गा भोगाधिकार दिन र रुख हटाउन स्वीकृति दिएको थियो । विभागले २०८१ असार १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार धनकुटाका विभिन्न स्थानीय तहमा पर्ने राष्ट्रिय वनको ३५ दशमलव ७ हेक्टर जग्गा भोगाधिकारका लागि उपलब्ध गराउने निर्णय गरेको थियो । साथै, उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका ७ हजार १ सय ५१ वटा रुख तथा पोल हटाउन स्वीकृति दिएकोबारे डिभिजन वन कार्यालयलाई पत्राचार गरेको थियो ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

३ मंसिर, बाजुरा । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ । गत वर्ष पनि ३ अर्ब रुपैयाँभन्दा बढी लागतमा ५० …

#ठेक्का #आयोजना #करिडोर
Compare →
Hamro Patro News
3d ago
द्रुतमार्गमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गरिनेछ : मन्त्री लम्साल

द्रुतमार्गमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गरिनेछ : मन्त्री लम्साल

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम अघि बढाउन नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने पूर्वाधार विकासमन्त्री...

#ठेक्का #ढिलाइ
Compare →
Bizshala
4d ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको...

#ठेक्का #करिडोर
Compare →
Nagarik News
4d ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको स्तरोन्नति हुने भएको छ।

#करिडोर #ठेक्का
Compare →

Related Stories

World News
Build #2612