Trending
Prev Story
Next Story

दीपकले जिते लक्ष्मी सनराइज आमन्त्रण गल्फ

Ekantipur •
November 21, 2026 • 01:02 PM
3
3 reads 0 reactions

१४ ह्यान्डिक्यापमा खेलेका दीपकले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने ।

दीपकले जिते लक्ष्मी सनराइज आमन्त्रण गल्फ

१४ ह्यान्डिक्यापमा खेलेका दीपकले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने ।

काठमाडौँ — गल्फर दीपककुमार कार्कीले गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

१४ ह्यान्डिक्यापमा खेलेका दीपकले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने ।

नोर्बुछिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जितेका छन् । महिलातर्फ एञ्जिला योञ्जनले ३४ अंकसहित उपाधि जितिन् भने विपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन् ।

६० वर्षमाथिको सिनियरतर्फ प्रकाश राणाले ३४ अंकसहित उपाधि जिते । पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो भए ।

विजय श्रेष्ठले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु दी पिन तथा टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डिजको पुरस्कार जितेका छन् । लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका विजयबहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार प्राप्त गरे ।

लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता  ३/४ ह्यान्डिक्यापमा स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो । प्रतियोगितामा ११ महिला खेलाडीसहित ११२ गल्फरको सहभागिता थियो ।

प्रतियोगिताका विजेतालाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, सीईओ सुमेध भट्टराई तथा गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
दीपकले जिते लक्ष्मी सनराइज आमन्त्रण गल्फ

दीपकले जिते लक्ष्मी सनराइज आमन्त्रण गल्फ

दीपकले जिते लक्ष्मी सनराइज आमन्त्रण गल्फ १४ ह्यान्डिक्यापमा खेलेका दीपकले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने । मंसिर ५, २०८३ कान्तिपुर संवादद...

#जिते #ह्यान्डिक्याप #खेले
Compare →
Bizshala
4d ago
तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार...

#जिते
Compare →
Nagarik News
4d ago
३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

तीन सय रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन्।

#जिते
Compare →
Onlinekhabar
4d ago
३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान …

#जिते
Compare →
Arthasansar
2d ago
लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बाेलायाे साधारणसभा, बुक क्लाेज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बाेलायाे साधारणसभा, बुक क्लाेज कहिले ?

लक्ष्मी सनराइज बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५...

#लक्ष्मी #सनराइज
Compare →

Related Stories

Sports
Build #2612