Trending
Prev Story
Next Story

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

Onlinekhabar •
November 19, 2026 • 01:02 PM
2
2 reads 0 reactions

३ मंसिर, बाजुरा । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ । गत वर्ष पनि ३ अर्ब रुपैयाँभन्दा बढी लागतमा ५० …

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

३ मंसिर, बाजुरा । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ । गत वर्ष पनि ३ अर्ब रुपैयाँभन्दा बढी लागतमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको थियो ।

यस वर्ष बाँकी सडकखण्डको कालोपत्रका लागि तीन वटा प्याकेजमा ठेक्का प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख विसुन्दर लामाले बताए ।

सडक विभागअन्तर्गत उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु–सरिसल्ला सडक आयोजना कोल्टीमार्फत बहुवर्षीय ठेक्काअन्तर्गत गत असार २६ गते तीन अर्ब रुपैयाँभन्दा बढी लागतका तीन वटा सडक खण्डको टेन्डर आह्वान गरिएको थियो । अहिले ती तीन वटै खण्डको सम्झौता प्रक्रिया अघि बढेको लामाले बताए ।

कालीकोटको खुलालु–कोट खण्डमा १३ किलोमिटर सडक कालोपत्रका लागि यति बिल्डर्ससँग सम्झौता प्रक्रिया अघि बढेको छ । बाजुराको भुक्काखोला–पिलिचौर खण्डको १५ किलोमिटर सडक निर्माणका लागि लामा–सुनकोशी जेभी तथा हुम्लाको तुम्चा–सरिसल्ला खण्डको २३ किलोमिटर सडक निर्माणका लागि प्यासिफिक इन्जिनियरिङसँग सम्झौता प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।

तीन वटै सडक खण्डको निर्माण अवधि ३० महिना रहेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतका अनुसार ठेक्का सम्झौता प्रक्रिया सुरु भइसकेको र चाँडै निर्माण कार्य अघि बढ्ने छ । हुम्लामा कालोपत्र सडक चाँडो पुर्‍याउन मन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले बताए ।

‘केही खण्डमा कालोपत्रको काम भइरहेको छ । ती काम पनि सम्झौता अवधिभित्र सम्पन्न गर्न मन्त्रालयबाट ताकेता भइरहेको छ,’ रावतले भने ।

गत वर्ष पनि कर्णाली करिडोरको ५० किलोमिटर सडक सुधार तथा कालोपत्रका लागि दुई वटा प्याकेजमा तीन अर्ब रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता भएको थियो । उक्त सडकखण्डमा अहिले निर्माण कार्य भइरहेको छ ।

बाजुराको पिलिचौरदेखि कुवाडीसम्म २३ किलोमिटर ७०० मिटर र कुवाडीदेखि हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चासम्म २७ किलोमिटर ३०० मिटर गरी ५० किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्रको काम भइरहेको छ ।

पिलिचौर–कुवाडी खण्डका लागि एक अर्ब ६७ करोड २१ लाख ८७ हजार ८३४ रुपैयाँ लागत अनुमानमा टेन्डर गरिएको थियो । उक्त खण्डको निर्माण पीएस कन्स्ट्रक्सनले एक अर्ब १० करोड १८ लाख १८ हजार ७३७ रुपैयाँमा गर्ने गरी सम्झौता गरेको छ ।

कुवाडी–तुम्चा खण्डका लागि एक अर्ब १८ करोड ४१ लाख ५२ हजार १५३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको निर्माण सिंह कन्टेक जेभीले गर्ने जिम्मा पाएको छ । दुवै ठेक्का २०८२ असारमा सम्झौता भएका हुन् । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सरिसल्लासम्मको सडकखण्ड करिब १२३ किलोमिटर रहेको छ । यस सडकको ट्र्याक नेपाली सेनाले खोलेको थियो ।

सरकारले कर्णाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजना तथा त्रिदेशीय सडक मार्गका रूपमा अघि बढाएको छ । यस मार्गले दक्षिणमा भारत र उत्तरमा चीनसँगको सीमासम्म सडक पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।

२०६४ सालमा कालीकोट–हुम्ला–जुम्ला सडक आयोजनामार्फत निर्माण सुरु भएको यो सडकमा लामो समयसम्म प्रगति हुन नसकेपछि भौगोलिक विकटता तथा प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै २०७१ सालमा सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले २०७१ चैतदेखि निर्माण कार्य अघि बढाएको थियो ।

सेनाले ट्र्याक निर्माण सम्पन्न गरेपछि २०८० पुस १५ गते कालीकोटको खुलालुदेखि ११२ किलोमिटर सडक सडक विभागलाई हस्तान्तरण गरेको थियो । बाँकी ११ किलोमिटर सडकमा भने नेपाली सेनाले अझै निर्माण कार्य गरिरहेको छ । सेनाबाट सडक विभागलाई हस्तान्तरण भएपछि उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु–सरिसल्ला सडक आयोजना कोल्टीमार्फत सडक स्तरोन्नति तथा कालोपत्रको काम अघि बढाइएको हो ।

कर्णाली करिडोर निर्माणका क्रममा नेपाली सेनाले हुम्ला, कालीकोट र बाजुराका विभिन्न क्षेत्रमा दर्जनौँ चट्टान फोरेर सडकको ट्र्याक निर्माण गरेको थियो । हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको कर्णाली करिडोरको निर्माण तथा स्तरोन्नतिले बाजुरा, कालीकोट, मुगु र हुम्लाका नागरिकमा विकास र जीवनस्तर सुधारको आशा जगाएको छ ।

यस सडकलाई बाँकेको नेपालगञ्जस्थित रुपैडिहा नाकाबाट सुरु गरी हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सीमासम्म पुर्‍याउने लक्ष्य राखिएको छ । कर्णाली करिडोर बाजुरा तथा कर्णाली क्षेत्रका नागरिकको आर्थिक, सामाजिक विकास र आवागमन सहज बनाउने मेरुदण्डका रूपमा हेरिएको छ ।

‘यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य सेतु यही सडक हुनेछ,’ बाजुरा प्रदेशसभा (क) का सांसद नरेश शाहीले भने । कर्णाली करिडोर निर्माण सम्पन्न भएपछि बाजुरा सडक सञ्जालमा पूर्ण रूपमा जोडिने, रारा जाने पर्यटकलाई यात्रा सहज हुने तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फोटो क्याप्सन: राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत बाजुराको पिलिचौरदेखि कुवाडीसम्म सडक स्तरोन्नति तथा कालोपत्रको काम धमाधम भइरहेको छ ।

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
51m ago
कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

३ मंसिर, बाजुरा । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ । गत वर्ष पनि ३ अर्ब रुपैयाँभ...

#ठेक्का #आयोजना #कालोपत्र
Compare →
Ekantipur
1d ago
कर्णाली करिडोर स्तरोन्नतिका लागि ठेक्का सम्झौता

कर्णाली करिडोर स्तरोन्नतिका लागि ठेक्का सम्झौता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको स्तरोन्नतिका लागि बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन् ।

#ठेक्का #कर्णाली #करिडोर
Compare →
Bizshala
2d ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको...

#ठेक्का #कर्णाली #करिडोर
Compare →
Nagarik News
2d ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको स्तरोन्नति हुने भएको छ।

#कर्णाली #करिडोर #अर्बको
Compare →
Arthasansar
4d ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#कर्णाली
Compare →

Related Stories

World News
Build #2612