Trending
Prev Story
Next Story

ठेक्का तोडेको ४ वर्षपछि जब्दीघाटमा नयाँ पुल निर्माणको नयाँ सम्झौता

Ekantipur •
November 17, 2026 • 02:32 PM
2
2 reads 0 reactions

एमआर ग्रुप एन्ड कम्पनीले ६७ करोड ४६ लाख रुपैयाँमा लियो ठेक्का, ९ महिनाभित्र डिजाइन तयार पारी सडक विभागबाट स्वीकृत गराउनुपर्ने, ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य

ठेक्का तोडेको ४ वर्षपछि जब्दीघाटमा नयाँ पुल निर्माणको नयाँ सम्झौता

एमआर ग्रुप एन्ड कम्पनीले ६७ करोड ४६ लाख रुपैयाँमा लियो ठेक्का, ९ महिनाभित्र डिजाइन तयार पारी सडक विभागबाट स्वीकृत गराउनुपर्ने, ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य

काठमाडौँ — गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बर्दियाको जब्दीघाट पुलको ठेक्का तोडेको ४ वर्षपछि नयाँ सम्झौता भएको छ । स्रोत सुनिश्चितता तथा प्राविधिक समस्याको कारण देखाउँदै लामो समयदेखि पुलको नयाँ ठेक्का हुन सकेको थिएन । अहिले डिजाइन एन्ड बिल्डअन्तर्गत ठेक्का लगाइएको हो । यसअनुसार पुलको डिजाइन र निर्माणको दुवै काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्नेछ । सम्झौता गएको १६ कात्तिकमा भएको हो ।

एमआर ग्रुप एन्ड कम्पनीले ६७ करोड ४६ लाख रुपैयाँमा पुलको ठेक्का लिएको हो । सम्झौताअनुसार पुलको ९ महिनाभित्र डिजाइन तयार पारी सडक विभागबाट स्वीकृत गराउनुपर्नेछ । अब पूरै नयाँ पुल निर्माण गरिनेछ । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताए ।

‘धेरै वर्षदेखि अलपत्र नेपाल–भारत सीमा मुर्तियादेखि बर्दियाको गुलरिया हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्ने बबई नदीको जब्दीघाट पुल निर्माणमा देखिएको अन्योल अन्त्य गरिएको छ,’ मन्त्री लम्सालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रुग्ण बनेको पुलको ठेक्का २०७९ मा रद्द गरिएपछि पनि विविध कारणले निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन ।’

जब्दीघाटमा गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने ४ सय २५ मिटर लामो पुल बनाउन २२ असार २०६८ मा पप्पु कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार ८ मंसिर २०७२ भित्र बनिसक्नुपर्ने थियो । १६ करोड ६८ लाख रुपैयाँमा ढिला गरेर बनेको पुल शिलान्यास नहुँदै २८ साउन २०७४ मा भासियो । भासिएको त्यो पुल पनि २२ असोज २०७९ को बाढीले बगायो । यही बेला ठेक्का सम्झौता अन्त्य गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

पुल भासिएपछि कार्यालयले निर्माण व्यवसायीलाई मर्मत गर्न भनिएको थियो । ‘पुल बने पनि खासै प्रयोगमा आउन सकेन, छोटो समय मात्र चल्यो,’ कार्यालयका प्रमुख नरेन्द्रप्रसाद भट्टले भने, ‘मर्मतको काम व्यवसायीबाट नभएपछि ठेक्का तोडिएको हो ।’

पुल पुनर्निर्माणमा संघ सरकारले चासो नदिएपछि छिटो निर्माणको गर्नुपर्ने माग गर्दै स्थानीयले २४ पुस २०८० मा गुलरियामा प्रदर्शनसमेत गरेका थिए । पुल निर्माणमा दबाब दिन पूर्वमन्त्री एवं त्यही क्षेत्र (बर्दिया–१) बाट २०७४ र २०७९ मा निर्वाचित सांसद सञ्जय गौतम ३० वैशाख २०८१ देखि अनशनसमेत बसेका थिए । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ६ जेठ २०८१ मा त्यहाँ पुगेर पुल निर्माणका लागि भोलिबाटै पहल गर्ने प्रतिबद्धता गरेर अनशन तोडाएका थिए । तर बजेट अभाव देखाउँदै पुल निर्माण अघि बढाइएको थिएन । फेरि उक्त क्षेत्रमा चुनावताका पार्टीपिच्छेका उम्मेदवारले पुल बनाउने कुरा चुनावी एजेन्डाका रूपमा अघि सार्दै आएका थिए । तर चुनाव जितेपछि बिर्सिने गरेको थियो ।

त्यसअघि तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ मात्र होइन, जेन–जी आन्दोलनपछि गठित सरकारमा भौतिकमन्त्री बनेका बेला कुलमान घिसिङले पनि पुल निर्माण तत्काल अघि बढाउने आश्वासन दिएका थिए । लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री तिलक शर्माले पनि पुल निर्माण छिट्टै थाल्ने आश्वासन दिन पछि परेनन् । तर कहिल्यै पुल निर्माणको काम अघि बढेन ।

पुल भासिएपछि सडक डिभिजन कार्यालय, मध्यपश्चिमाञ्चल सुर्खेतका तत्कालीन क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा २१ असोज २०७४ मा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिमा सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर प्रदीप भण्डारी, शिव अधिकारी, ज्योति भण्डारी र दिनेश लम्साल सदस्य थिए ।

पुल भासिएपछि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार कम्पनीका सञ्चालक हरिनारायण रौनियार, उनका छोरा सुमित, सडक डिभिजन कार्यालय नेपालगन्जका तत्कालीन प्रमुख राजेश यादवसहित १३ जनाविरुद्ध १९ असोज २०७५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा–३ बाट निर्वाचित रौनियार मुद्दा चलेपछि निलम्बित भएका थिए ।

५ मंसिर २०८० मा उनी एमाले प्रवेश गरेका थिए । ‘पहिलाकै ठाउँमा बनाउँदैनौं, अहिले पुल भएको भन्दा केही माथि राम्रो ठाउँ पनि छ, त्यहीँ बनाउँछौं,’ प्रमुख भट्टले भने, ‘ढिला हुनुको एउटा कारण मुद्दामामिला पनि हो, फेरि ठेक्का अन्त्य गरेपछि पनि प्रक्रिया पूरा गरेर नयाँ ठेक्का गर्न समय लाग्छ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया, १ मङ्सिर । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार ...

#ठेक्का #पुल #जब्दीघाट
Compare →
Nagarik News
23h ago
दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–३, रकुवा र तनहुँको घिरिङ गाउँपालिका–१, जगौली जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल निर्माण कार्य एक दशकदेखि अलपत्र परेको छ। निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि पुलले पूर्णता नपाएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

#ठेक्का #पुल #तोडे
Compare →
Bizshala
4d ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल #वर्षपछि
Compare →
Onlinekhabar
1w ago
अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

२२ कात्तिक, अछाम । सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी …

#पुल #ठेक्का
Compare →

Related Stories

World News
Build #2612