Trending
Prev Story
Next Story

वर्षौंदेखि अलपत्र जब्दीघाटमा नयाँ पुल बन्ने, ६७ करोडमा ठेक्का

Ekantipur •
November 17, 2026 • 05:32 AM
9
9 reads 0 reactions

बर्दियाको बगही र जब्दी जोड्ने बबई नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडाको हुनेछ ।

वर्षौंदेखि अलपत्र जब्दीघाटमा नयाँ पुल बन्ने, ६७ करोडमा ठेक्का

बर्दियाको बगही र जब्दी जोड्ने बबई नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडाको हुनेछ ।

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीय सम्झौतापछि आवागमन सहज हुने आशामा छन् । सडक डिभिजन कार्यालय नेपालगन्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए । सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।

६७ करोड ४५ लाख ६९ हजार १५० लागतमा निर्माण हुने दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ । निर्माण व्यवसायीले सम्झौताको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।

बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताए ।

पुल बारबर्दिया नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं १० स्थित नेपाल–भारत सीमानाका रजनवास जोड्ने प्रमुख सडक मार्गमा पर्छ । पूर्व–पश्चिम राजमार्गबाट जयनगर बजार हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएको उनले बताए ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै विसं २०७२ को बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए । विसं २०७९ को बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि भने आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताए ।

बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्नुपर्ने बाध्यता छ । नयाँ पुल निर्माणको ठेक्का सम्झौता भएपछि वर्षौंदेखिको सास्ती अन्त्य हुने आशा पलाएको उनले बताइन् ।

बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न झनै कठिन हुने गरेको छ । पुल नहुँदा गुलरिया नगरपालिका–४ का स्थानीयवासी सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यतामा छन् । शुल्क तिरेर नदी वारपार गर्नुपर्दा थप आर्थिक भारसमेत पर्ने गरेको स्थानीय राममिलन चौधरीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया, १ मङ्सिर । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार ...

#पुल #ठेक्का #बर्दिया
Compare →
Nagarik News
1d ago
दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–३, रकुवा र तनहुँको घिरिङ गाउँपालिका–१, जगौली जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल निर्माण कार्य एक दशकदेखि अलपत्र परेको छ। निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि पुलले पूर्णता नपाएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

#पुल #ठेक्का #अलपत्र
Compare →
Onlinekhabar
16h ago
कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

१ मंसिर, सुर्खेत । कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे …

#ठेक्का
Compare →
Bizshala
18h ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको...

#ठेक्का
Compare →

Related Stories

World News
Build #2612