Trending
Prev Story
Next Story

काम नगर्ने ठेकेदारप्रति कडाइ : कर्णालीमा धमाधम पुलका ठेक्का तोडिँदै

Nagarik News •
November 18, 2026 • 05:10 AM
4
4 reads 0 reactions

कर्णाली प्रदेशका विभिन्न जिल्लामा निर्माणाधीन पुलहरूको काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

काम नगर्ने ठेकेदारप्रति कडाइ : कर्णालीमा धमाधम पुलका ठेक्का तोडिँदै

कर्णाली प्रदेशका विभिन्न जिल्लामा निर्माणाधीन पुलहरूको काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि कतिपय पुल अधुरै छन् भने निर्माण व्यवसायीको लापरबाहीका कारण धमाधम कार्यालयबाट पुलको ठेक्का तोड्ने काम अघि बढेको छ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत पुल सेक्टर नं. ५ वीरेन्द्रनगर, सुर्खेतले दुई वटा पुलको ठेक्का तोडेको छ। कार्यालयले कालिकोट–जुम्ला राजमार्गअन्तर्गत तिलानदी पुल निर्माण र सुर्खेतदेखि अछाम जोड्ने कर्णाली नदीमाथिको जंगलाघाटको पुलको पनि ठेक्का तोडेको हो। सुस्त रहेको र बारम्बार ताकेता गर्दा पनि प्रगति देखाउन नसक्ने पुलहरूको ठेक्का तोडिएको पुल सेक्टर नं. ५ वीरेन्द्रनगर, सुर्खेतको निमित्त प्रमुख देवेन्द्र भटराईले बताए।

यता, कालिकोट–जुम्ला राजमार्गअन्तर्गत तिला नदी पुल निर्माणको अवस्था भने झनै निराशाजनक छ। ५ वर्षअघिदेखि पुल निर्माणमा व्यवसायीलाई बारम्बार तोकता गर्दा पनि काम हुन नसकेपछि ठेक्का तोडिएको कार्यालय प्रमुख भटराईले बताए। तिलामा छिट्टै नयाँ ठेक्का लगाएर काम अघि बढ्ने उनले बताए। ८ करोड ६५ लाख ३९ हजार ६ सय रुपैयाँ लागतमा निर्माण गर्ने गरी २०७७ चैत १२ गते महादेव खिम्ती निर्माण सेवा प्रा.लि. काठमाडौंसँग सम्झौता भएको थियो।

२७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त पुलको भौतिक प्रगति १० प्रतिशत र वित्तीय प्रगति आठ प्रतिशत मात्रै पुगेको थियो। निर्माण व्यवसायीको लापरबाहीका कारण लामो समयसम्म काम अघि बढ्न नसकेपछि कार्यालयले ठेक्का सम्झौता अन्त्य गरेको विवरणमा उल्लेख छ।

हालसम्म निर्माण व्यवसायीलाई ८० लाख रुपैयाँ भुक्तानी भएको छ। जंगलाघाटको सुर्खेत र अछाम १ सय २० मिटर मिटर पुल पनि बेतन कर्णाली जलविद्युत आयोजनाका कारण ढुवानमा पर्ने भएकाले कार्यालयले तत्कालै नयाँ डिजाइन बनाएर पुल बनाउने भनेर ५५ करोडको स्रोत सहमति तथा बहुवर्षीय ठेक्का लगाउन पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रकृयामा गरेको कार्यालयले जनाएको छ।

कार्यालयको दिएको प्रगति विवरणअनुसार दैलेखको लोहोरे खोला पुल निर्माणको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ। सो पुल यो आर्थिक वर्षमा सम्पन्न हुने जनाइएको छ। लोहोरेको पुल निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको उक्त पुलको संरचनाको माथिल्लो भाग (सुपरस्ट्रक्चर) निर्माण कार्य सुरु भएको छ। निर्माण व्यवसायीले बाँकी काम चार महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको कार्यालयले जनाएको छ।

कार्यालयको विवरणअनुसार लोहोरे खोला पुल निर्माणका लागि लामा कन्स्ट्रक्सन प्रा.लि. महाराजगन्ज काठमाडौंसँग २०७८ साउन ८ गते ७ करोड ५७ लाख ७० हजार ४ सय १० रुपैयाँमा सम्झौता भएको थियो। २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको उक्त पुलको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ५२ प्रतिशत छ। हालसम्म निर्माण व्यवसायीलाई ३ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरिएको कार्यालयले जनाएको छ।

त्यस्तै डोल्पामा भेरी नदी, तल्लो बगर र छलगाड खोलामा निर्माण भइरहेका पुलहरूको कामले तीव्रता पाएको छ। निर्माण कम्पनीले यो वर्षभित्र सक्ने प्रतिवद्धता जनाएअनुसार कार्यालय पनि त्यहीअनुसार अनुगमनलाई तीव्रता पारेको जनाएको छ।

विगतमा काम हुन नसकेको यो खण्डका पुलहरू निर्माणमा पछिल्लो समय तीव्रता पाएको हो। तीनवटा पुल निर्माणका लागि बाइपी–एमआर जेभी चितवनसँग २०७९ माघ २६ गते ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँमा सम्झौता भएको थियो। ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३८ प्रतिशत छ।

हालसम्म निर्माण व्यवसायीलाई १३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरिएको छ। उक्त आयोजनाअन्तर्गत तल्लो बगर पुलको कुल एक सय मिटर लम्बाइमध्ये ५० मिटरको सुपरस्ट्रक्चर निर्माण सम्पन्न भएको छ। बाँकी ५० मिटरको सुपरस्ट्रक्चर निर्माण सुरु हुने चरणमा रहेको छ।

खडाङ्गा भेरी नदी पुलमा भने स्थानीय विवादका कारण अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन। विवाद समाधानका लागि कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। त्यस्तै ४० मिटर लम्बाइको छलगाड खोला पुलको एबटमेन्ट क्यापसम्मको निर्माण कार्य सम्पन्न भएको छ। अब निर्माण व्यवसायी सुपरस्ट्रक्चर निर्माण सुरु गर्ने चरणमा रहेको कार्यालयको विवरणमा उल्लेख छ।

पुल निर्माणसँगै सडक पूर्वाधारको मर्मतसम्भारमा पनि काम भइरहेको छ। कर्णाली राजमार्ग तथा रत्न राजमार्गअन्तर्गत सुर्खेत र दैलेख जिल्लाका विभिन्न स्थानमा पुल मर्मतका लागि सागर–आर्चा जेभी कालिकोटसँग ३ करोड ३८ लाख रुपैयाँमा सम्झौता गरिएको छ। २०८२ चैत २ गते सम्झौता भएको उक्त आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत पुगेको छ। हालसम्म निर्माण व्यवसायीलाई एक करोड १५ लाख रुपैयाँ भुक्तानी गरिएको छ। कार्यालयका अनुसार अहिले पुल मर्मत तथा सुधारको काम भइरहेको छ।

कर्णालीमा पुल निर्माणका लागि करोडौं रुपैयाँका आयोजना सञ्चालनमा रहे पनि निर्माण व्यवसायीको ढिलासुस्ती, स्थानीय विवाद तथा कार्यावयनमा देखिएका समस्याले पूर्वाधार निर्माण प्रभावित भइरहेको यो प्रगति विवरणले देखाएको छ। लामो समयदेखि कर्णाली प्रदेशमा विभिन्न ठुला सडक तथा पुलहरू प्रगति नदेखिएका बेला पछिल्लो वर्षहरूमा निरन्तर अनुगमनका कारण प्रगति देखिएको र कम्पनीले निर्माणमा बेवास्था गरेका कम्पनीहरूको ठेक्का तोड्ने काम भएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत पुल सेक्टर नं. ५ वीरेन्द्रनगर, सुर्खेतका प्रमुख देवेन्द्र भटराईले बताए।

प्रकाशित: २ मंसिर २०८३ १०:५५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
15h ago
ठेक्का तोडेको ४ वर्षपछि जब्दीघाटमा नयाँ पुल निर्माणको नयाँ सम्झौता

ठेक्का तोडेको ४ वर्षपछि जब्दीघाटमा नयाँ पुल निर्माणको नयाँ सम्झौता

एमआर ग्रुप एन्ड कम्पनीले ६७ करोड ४६ लाख रुपैयाँमा लियो ठेक्का, ९ महिनाभित्र डिजाइन तयार पारी सडक विभागबाट स्वीकृत गराउनुपर्ने, ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य

#पुल #ठेक्का
Compare →
Onlinekhabar
15h ago
कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

१ मंसिर, सुर्खेत । कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे …

#ठेक्का #कर्णाली
Compare →
Bizshala
17h ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको...

#ठेक्का #कर्णाली
Compare →
Hamro Patro News
1d ago
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया, १ मङ्सिर । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार ...

#पुल #ठेक्का
Compare →
Arthasansar
2d ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#कर्णाली
Compare →

Related Stories

Business & Economy
Build #2612