Trending
Prev Story
Next Story

सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

Ekantipur •
November 17, 2026 • 02:32 PM
2
2 reads 0 reactions

जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार दिउँसो २ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार दिउँसो २ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काठमाडौं — सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार दिउँसो २ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको माइक्रोबसमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो । अन्य पाँच जना घाइतेहरुको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
सिन्धुली दुर्घटनाका ७ घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं लगियो

सिन्धुली दुर्घटनाका ७ घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं लगियो

१ मंसिर, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटनामा घाइते १४ मध्ये ७ जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । सिन्धुलीका प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले गंभीर घाइते ७ जनालाई …

#सिन्धुली #काठमाडौं #दुर्घटना
Compare →
Hamro Patro News
4h ago
बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

काठमाडाैँ – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा मंगलबार दिउँसो यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो करिब २ बजे जनकपुरबाट काठ...

#माइक्रोबस #दुर्घटना #घाइते
Compare →
Bizshala
3h ago
जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप...

#घाइते
Compare →
Nagarik News
4h ago
मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृ’त्यु

मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृ’त्यु

बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ।

#दुर्घटना
Compare →

Related Stories

World News
Build #2612