Trending
Prev Story
Next Story

मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृ’त्यु

Nagarik News •
November 17, 2026 • 11:03 AM
2
2 reads 0 reactions

बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ।

मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृ’त्यु

बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ।

बर्दियाको गुलरियामा आफन्तलाई भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका बुवा ६६ वर्षीय दलबहादुर खत्री सवार मोटरसाइकल गुलरिया–११ लालपुरमा मिनीफोर्स बससँग ठोक्किँदा उनीहरुको निधन भएको थियो।

बाबु–छोराको एकसाथ निधन भएपछि सिङ्गो चिलहरिया गाउँ शोकमग्न भएको स्थानीय जुद्ध पुनले बताए।

भारतमा रोजगारी गर्दै आएका उनीहरु तिहार मनाउन नेपाल फर्किएका थिए। बर्दियाको गुलरियामा छोरी भेट्न जाने क्रममा उक्त घटना भएको थियो।

गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नं को  मिनि फोर्स गाडी र नेपालगञ्जबाट गुलरियातर्फ गइरहेको भारतीय मोटरसाइकल एकआपसमा ठोकिएको थियो।

त्यस सडक दुर्घटनामा बाबु–छोराको ज्यान गएपछि आफन्त र छिमेकी गाउँवासीले दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्ज–राजापुर सडक अवरुद्ध पारे पनि सवारीधनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जोहरी दर्ता गरेर फर्किएको राप्ती सोनारी गाउँपालिका–५ का वडाध्यक्ष झगरु थारुले बताए।

मृत्यु भएको तीन दिन बित्दासम्म निकाश ननिस्केपछि  मुद्दा दर्ता गर्ने सहमतिमा बाबु–छोराको शव आफन्तजनले बुझेका छन्। मृतक बाबु–छोराको आज स्थानीय अगैयाघाटमा दाहसंस्कार गरिएको वडाध्यक्ष थारुले बताए।

स्थानीय अगुवा तारा ओलीले चाडपर्वको बेला परदेशबाट घर फर्किएका बाबु–छोरालाई सडकमै गुमाउनुपर्दा सिङ्गो बिनौनावासी नै स्तब्ध र शोकमग्न रहेको प्रतिक्रिया दिए।

उनले भने, ‘चाडपर्व मनाउन घर फर्किएका बाबु–छोराको अकाल मृत्युले खत्री परिवारको सहारा खोसिएको छ भने असुरक्षित सडक यात्राले फेरि एकपटक ग्रामीण बस्तीमा कहिल्यै निको नहुने घाउ छाडेको छ।’

प्रकाशित: १ मंसिर २०८३ १६:४८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
39m ago
तिहार मनाउन घर फर्किएका बाबु–छोरा एकै चितामा

तिहार मनाउन घर फर्किएका बाबु–छोरा एकै चितामा

बाँके । एकै घरका बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ। बर्दियाको गुलरियामा आफन्तलाई भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका...

#बाबु #छोरा #निधन
Compare →
Onlinekhabar
1d ago
मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना, एक जनाको मृत्यु

मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना, एक जनाको मृत्यु

३० कात्तिक, सप्तरी । सप्तरीमा मोटरसाइकलले स्याललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहाय खण्डमा प्र.२–०१–००२ प ४१६३ नम्बरको मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर …

#दुर्घटना #मोटरसाइकल #त्यु
Compare →
Ekantipur
1d ago
दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

तीव्र गति, मापसे, सडकमा चौपायाको उपस्थिति र खराब मौसमलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।

#दुर्घटना #त्यु
Compare →
Arthasansar
1d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #त्यु
Compare →
Bizshala
2d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #त्यु
Compare →

Related Stories

Technology
Build #2612