Trending
Prev Story
Next Story

दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

Ekantipur •
November 16, 2026 • 11:32 AM
4
4 reads 0 reactions

तीव्र गति, मापसे, सडकमा चौपायाको उपस्थिति र खराब मौसमलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।

दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

तीव्र गति, मापसे, सडकमा चौपायाको उपस्थिति र खराब मौसमलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।

बर्दिया — दसैं र तिहारका बीच बर्दियामा ६२ वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् ।

पछिल्लो पटक शनिबार गुलरिया–११ लालपुरस्थित हुलाकी सडकमा यात्रुवाहक गाडी र मोटरसाइकल दुर्घटना हुँदा बाबु र छोराको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका–५ का ३४ वर्षीय हुकुमबहादुर खत्री र ५५ वर्षीय दलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । गाडीमा सवारमध्ये १५ जना घाइते भएका थिए । यसैगरी, कात्तिक २७ गते शितलाबजारस्थित हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा पछाडि बसेका बाँकेको कोहलपुर–९ का रिदम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । कात्तिक २५ गते मैनापोखर र बासगढी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकनर थारुको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय, बर्दियाका प्रमुख सन्दिप बेलबासेले बताए । उक्त घटनामा चार जना घाइते भएका थिए ।

अधिकांश घटना तीव्र गतिका कारण भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । तीव्र गति, मादक पदार्थ सेवन (मापसे), सडकमा भएका चौपाया र खराब मौसमका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासेले बताए । त्यही अवधिमा ६२ वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको उनले बताए । उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ९९ जनालाई कारबाही गरिएको छ ।’

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
बर्दियामा मिनिबस दुर्घटना :  दुई जनाको मृत्यु, १५ जना घाइते

बर्दियामा मिनिबस दुर्घटना :  दुई जनाको मृत्यु, १५ जना घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार दिउँसो गुलरियाबाट ...

#मृत्यु #बर्दिया #मोटरसाइकल
Compare →
Nagarik News
1h ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#दुर्घटना #मृत्यु #सवारी
Compare →
Arthasansar
3h ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Onlinekhabar
3h ago
मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना, एक जनाको मृत्यु

मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना, एक जनाको मृत्यु

३० कात्तिक, सप्तरी । सप्तरीमा मोटरसाइकलले स्याललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहाय खण्डमा प्र.२–०१–००२ प ४१६३ नम्बरको मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर …

#दुर्घटना #मोटरसाइकल #जनाको
Compare →
Bizshala
1d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #मृत्यु #जनाको
Compare →

Related Stories

Technology
Build #2612