Trending
Prev Story
Next Story

देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

Ekantipur •
November 16, 2026 • 11:32 AM
3
3 reads 0 reactions

देउवा पक्षले वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरेर प्रदेश अधिवेशनको तयारी थालेको छ । आगामी ४ मंसिरमा प्रदेश अधिवेशन र २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ । यसै विषयमा देउवा पक्षको महाधिवेशन कसरी अघि बढ्दै छ भनेर पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

देउवा पक्षले वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरेर प्रदेश अधिवेशनको तयारी थालेको छ । आगामी ४ मंसिरमा प्रदेश अधिवेशन र २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ । यसै विषयमा देउवा पक्षको महाधिवेशन कसरी अघि बढ्दै छ भनेर पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

काठमाडौँ — कांग्रेसको संस्थापन पक्षलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा अघि बढाएको १५औं महाधिवेशन प्रक्रिया तीव्र बनाएको छ । देउवा पक्षले वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरेर प्रदेश अधिवेशनको तयारी थालेको छ । आगामी ४ मंसिरमा प्रदेश अधिवेशन र २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ । यसै विषयमा देउवा पक्षको महाधिवेशन कसरी अघि बढ्दै छ भनेर पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

१. शेरबहादुर देउवा पक्षको अधिवेशनको तयारी कहाँ पुगेको छ ?

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरेर प्रदेश अधिवेशनको तयारी थालेको छ । आगामी २१–२३ मंसिरमा काठमाडौंमा समानान्तर केन्द्रीय महाधिवेशन गर्ने तयारी छ । १८ मंसिरभित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरू काठमाडौं ल्याउने लक्ष्य राखिएको छ । केन्द्रीय महाधिवेशनको उद्घाटन खुलामञ्चमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने तयारी छ ।

२.  महाधिवेशनमा सबै प्रदेश, क्षेत्र, जिल्ला र गाउँपालिका र वडाका प्रतिनिधि सहभागी हुन्छन् त ?

देउवा पक्षले देशभरका वडा, पालिका, क्षेत्र र जिल्ला तहमा अधिवेशन प्रक्रिया अघि बढाएको छ । तर सबै क्षेत्र र जिल्लाको अधिवेशन सम्पन्न भइसकेको भने छैन । निर्वाचन समितिका संयोजक एकराज पोखरेलका अनुसार १३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । मधेशका ७ जिल्ला, धनुषाका बाँकी ४ क्षेत्र तथा मनाङ, मुस्ताङ र रसुवामा क्षेत्रीय अधिवेशन हुन बाँकी छ । तर केन्द्रीय महाधिवेशनका लागि क्षेत्रीय अधिवेशनबाट चुनिने महाधिवेशन प्रतिनिधि नै मतदाता हुन्छन् । त्यसैले क्षेत्रीय अधिवेशन नै केन्द्रीय महाधिवेशनका लागि महत्त्वपूर्ण ढोका मानिन्छ । निर्वाचन समितिका संयोजक पोखरेलले प्रदेश अधिवेशन सम्पन्न गर्ने बेलासम्म १६५ निर्वाचन क्षेत्रकै अधिवेशन हुने दाबी गरेका छन् ।

३. अधिवेशनका प्रतिनिधिहरूको चयन कसरी हुँदै छ ?

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशनका प्रतिनिधि चयन हुन्छन् । त्यसअघि वडा अधिवेशनबाट आउने क्षेत्रीय प्रतिनिधिहरू क्षेत्रीय अधिवेशनका मतदाता हुन्छन् । वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले नै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन गर्छन् र तिनै महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् ।

प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचनबाट चयन हुन्छन् । यसबाहेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, एक निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापति र पालिका सभापतिहरू पनि पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट समेत महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिने व्यवस्था छ । तर कति संख्यामा गर्ने भन्ने तय भइसकेको छैन । यी सबै मिलाउँदा ८ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि हुने निर्वाचन समितिका संयोजक पोखरेलको भनाइ छ ।

४. देउवा पक्षले गर्ने अधिवेशन कत्तिको समावेशी बन्दै छ ? महिला, युवा, दलित र जनजाति कसरी समेटिँदै छन् ?

देउवा पक्षले पनि वडा तहबाटै महिला, युवा, दलित र जनजातिको प्रतिनिधित्वका लागि आरक्षण छुट्याएर समावेश गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने ३५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये खुलातर्फ ४ महिलासहित १४ जना, समावेशी क्लस्टरबाट १० जना, १८ देखि २८ वर्ष उमेर समूहका युवाबाट १ महिलासहित २ जना र ४० वर्षमुनिका युवाबाट १ महिलासहित २ जनाको प्रतिनिधित्व गर्ने व्यवस्था छ । त्यसैगरी अपांगता भएका व्यक्तिबाट १,  प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र सहिद परिवारबाट २, विषयविज्ञ र श्रमिकबाट २ तथा अन्य समूहबाट २ प्रतिनिधि चयन हुनेछन् । यस्तै पार्टीका संरचनालाई समावेशी बनाउन वडा तहदेखि केन्द्रसम्म यस्तै आरक्षणपूर्ण व्यवस्था गरिएको छ ।

५. अधिवेशनमा सबै पदमा निर्वाचन हुने सम्भावना देखिन्छ कि सर्वसम्मतिको सम्भावना पनि छ ?

देउवा पक्षका अधिकांश नेताहरू चुनावभन्दा सहमतिबाट नेतृत्व चयन गर्ने पक्षमा छन् । खासगरी अहिले देउवा पक्षको नेतृत्व लिन शशांक कोइराला, विमलेन्द्र निधि, एनपी साउद र प्रकाशशरण महतको आकांक्षा देखिएको छ । पूर्वसभापति देउवा शशांक कोइरालालाई नेतृत्वमा अघि सार्ने मनस्थितिमा रहेको उनीनिकट नेताहरूको भनाइ छ । तर निधिले सभापतिमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । अन्य पदमा आकांक्षीहरूको चर्को प्रतिस्पर्धा देखिँदैन । धेरैजसो पदमा सहमति हुने सम्भावना बढी देखिएको छ ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् देउवा पक्षले वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरेर प्रदेश अधिवेशनको तयारी थालेको छ । आगामी ४ मंसिरम...

#अधिवेशन #देउवा #महाधिवेशन
Compare →
Onlinekhabar
9m ago
देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशनमा पूर्वसभापति प्रमुख अतिथि

देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशनमा पूर्वसभापति प्रमुख अतिथि

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस (देउवा समूह)को लुम्बिनी प्रदेश अधिवेशन ७ मंसिरमा हुने भएको छ । दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले ७ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी देउवा समूहका प्यूठान …

#अधिवेशन #देउवा #मंसिर
Compare →
Nagarik News
4h ago
देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ।

#अधिवेशन #देउवा #मंसिर
Compare →

Related Stories

Politics & Governance
Build #2612