Trending
Prev Story
Next Story

कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि

Nagarik News •
November 16, 2026 • 02:40 AM
4
4 reads 0 reactions

नेपाली कांग्रेस इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ।

कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि

नेपाली कांग्रेस इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ। १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवा आफूपछि पार्टी नेतृत्व बिपी पुत्र शशांक कोइरालालाई हस्तान्तरण गर्ने पक्षमा देखिएका छन् तर देउवानिकट अन्य आधा दर्जनभन्दा बढी नेता पनि नेतृत्वको आकांक्षी देखिएका छन्।

गत पुसमा भएको विशेष महाधिवेशनसँगै कांग्रेस अहिले पनि आधिकारिकता विवादमा रुमलिएको छ। विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेको पक्षले असोजमा १५औं महाधिवेशन गरिसकेको छ। महाधिवेशनबाट आएको नयाँ नेतृत्वको अध्यावधिक गराउन उक्त पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। तर आधिकारिता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आयोगले  अहिले थापा नेतृत्वको कार्यसमितिलाई अध्यावधिक गरेको छैन।

विशेष महाधिवेशनपछि कांग्रेसको मूल प्रवाहबाट बाहिर परेको देउवा पक्ष अहिले १५औं महाधिवेशनको तयारीमा जुटेको छ। तल्लो तहको अविधेशन गरेर अब प्रदेश हुँदै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा उक्त पक्ष १५औं महाधिवेशन गर्ने तयारीमा छ।

महाधिवेशन गर्नुभन्दा पहिले नै देउवासहितका नेताहरूको समझदारीमा कांग्रेसका संस्थापकमध्येका एक बिपीका पुत्रसमेत रहेका शशांकलाई महाधिवेशन आयोजनाका लागि संयोजक बनाइएको छ।

देउवासहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहले त्यो जिम्मेवारी नेता डा. शेखर कोइरालालाई दिन चाहेका थिए। शेखरलाई उनीहरूले सोहीअनुसार प्रस्तावसमेत गरेको बताउँदै एक नेताले भने, ‘तर उहाँले शशांकको नाम प्रस्ताव गर्नुभयो, हामीले स्वकार गर्‍यौं।’

सोही अनुसार भेला आयोजना गर्नेदेखि महाधिवेशनसम्मको संयोजकसम्मको जिम्मेवारी शशांकलाई दिइएको ती नेताको दाबी छ। त्यसप्रति नेता पूर्णबहादुर खड्काले चित्त नबुझाएको जनाउँदै ती नेताले थपे, ‘शेखरजीको कुरा नमान्न पनि मिलेन, उहाँ खुलेर हाम्रो पक्षमा पनि उभिनुभएन।’

महाधिवेशनको मिति नजिकिएसँगै नेता निधि, सिंहका साथै प्रकाशशरण महत र एनपी साउद पनि नेतृत्वको आकांक्षी देखिएका छन्। उनीहरू सबै देउवासँग छलफल गरेर मात्र नेतृत्वबारे मुख खोल्ने तयारीमा छन् तर देउवा भने शशांकका नाममा सहमति जुटाउने प्रयासमा रहेको नेताहरूको दाबी छ। चार दर्जनभन्दा बढी जिल्लामा अधिवेशन भइसकेको देउवा पक्षको दाबी छ।

उता विशेष महाधिवेशन हुँदै महाधिवेशन सम्पन्न गरेको गगनकुमार थापा नेतृत्वको कांग्रेसमा पनि असन्तुष्टि बढ्न थालेको छ। विशेष महाधिवेशनका लागि पहल लिनेमध्येका दुई मुख्य व्यक्ति गुरुराज घिमिरे र अमरसिंह पुन नै पार्टीको नियमित महाधिवेशनबाट पदाधिकारीमा आउन असफल भएका छन्। त्यसले उनीहरूभित्र विवाद बढाउँदै लगेको छ। विशेष महाधिवेशनको केही समयअघिसम्म दुवै नेता शेखरनिकट थिए।

घिमिरे र पुन मात्र नभई महाधिवेशनको मुखमा विशेष महाधिवेशनबाट आएको नेतृत्वसँग समाहित भएका रामहरि खतिवडाबाहेक सबैजसो नेता पदाधिकारीमा पराजित भए। ती नेताहरूको व्यवस्थापन गर्न र उनीहरूलाई समेट्न थापासहितका नेताहरू तयार नभएको आरोप लाग्न थालेको छ।

सभापतिसहितले आफूनिकटलाई मात्र च्याप्न थालेको गुनासो गर्दै महाधिवेशनमा पराजित नेताहरू छुट्टै छलफल र भेलामा जुटेका छन्। उनीहरू इतर पक्षको महाधिवेशनमा सहभागी हुने कि विशेष महाधिवेशन हुँदै अहिले आएको कार्यसमितिसँगै लड्ने भनेर उनीहरू छलफलमा जुटेको एक नेताले जानकारी दिए। महाधिवेशनमा मात्र खुलेका महालक्ष्मी उपाध्याय, सुरेन्द्र पाण्डे, दीपक गिरी, धनराज गुरुङ, नैनसिंह महरसहितका नेता पदाधिकारीमा पराजित भएका छन्।

शेखर कोइरालाले भने आफूसँग बाँकी रहेका केही नेतालाई साथ लिएर पार्टी एकताको अभियान चलाउने जनाउँदै आएका छन्। शेखरनिकट अधिकांश नेता विशेष महाधिवेशन हुँदै असोजमा भएको महाधिवेशनमा सहभागी भइसकेका छन्।

प्रकाशित: ३० कार्तिक २०८३ ०८:२५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
14h ago
देउवा समूहको नेतृत्व लिन नेताहरूबीच प्रतिस्पर्धा, शशांकलाई अघि सार्ने देउवाको चाहना

देउवा समूहको नेतृत्व लिन नेताहरूबीच प्रतिस्पर्धा, शशांकलाई अघि सार्ने देउवाको चाहना

२१–२३ मंसिरमा काठमाडौंमा समानान्तर केन्द्रीय महाधिवेशन गर्दै देउवा पक्ष

#नेतृत्व #महाधिवेशन #देउवा
Compare →
Hamro Patro News
2d ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति श...

#नेतृत्व #महाधिवेशन #कांग्रेस
Compare →
Onlinekhabar
1d ago
महाधिवेशनले बिगारेको खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो

महाधिवेशनले बिगारेको खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको …

#महाधिवेशन #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612