बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार दिउँसो गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार पहिचान नखुलेका अन्दाजी ५५ देखि ६० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source ( ratopati.com )