Trending
Prev Story
Next Story

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Ekantipur •
November 14, 2026 • 11:02 AM
2
2 reads 0 reactions

लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

बर्दिया — नेपालगन्जबाट गुलरियातर्फ आइरहेको बा ५ ख ५६०५ नम्बरको यात्रुवाहक गाडी र विपरीत दिशाबाट जाँदै गरेको सीएचओ १ सीएम ९४३७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृतक भारतको हरियाणा घर भएका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि बसेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न सकेको छैन ।

उनीहरूको जिल्ला अस्पताल, गुलरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए । घटनामा गाडीमा सवार १५ जना यात्रु घाइते भएका छन् ।

शनिबार दिउँसो हुलाकी सडकअन्तर्गत गुलरिया–११ लालपुरमा दुर्घटना भएको हो । घाइतेहरूलाई गुलरिया र नेपालगन्ज पठाइएको उनले जनाए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
52m ago
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#मृत्यु #मोटरसाइकल #बर्दिया
Compare →
Onlinekhabar
19h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु #नम्बर #मोटरसाइकल
Compare →
Hamro Patro News
22h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#मृत्यु #दुर्घटना
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
1d ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612