Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

Bizshala •
November 13, 2026 • 06:33 AM
5
5 reads 0 reactions

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन हुनुपर्ने अडान राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। आफन्तले शव नबुझेपछि १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको परिवारले मात्र शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। बाँकी मृतकका परिवारले माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

पीडित परिवारले प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन्। दुर्घटना असाधारण प्रकृतिको भएको भन्दै उनीहरूले संघीय सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन्।

मागबारे पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबहादुर खत्री र स्थानीय जनप्रतिनिधिबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन। डीएसपी काफ्लेका अनुसार क्षतिपूर्ति र पीडित परिवारका अन्य मागबारे शुक्रबार पुनः छलफल हुने भएको छ।

प्रमुख जिल्ला अधिकारीले प्रचलित कानुन तथा नियमअनुसार उपलब्ध गराइने क्षतिपूर्ति दिन कुनै बाधा नरहेको बताएको काफ्लेले जानकारी दिए। तर, आफन्तले संघीय सरकारबाट थप सम्बोधन हुनुपर्ने माग राखेपछि शव हस्तान्तरणको प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।

बिहीबार बिहान काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय सवारी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो। सवारी सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।

छठ पर्व मनाउन घर फर्किँदै गरेका यात्रु सवार उक्त सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले जोखिमपूर्ण भिरमा उद्धार गरेको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
18h ago
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत

मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले मृतकका पर...

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Onlinekhabar
19h ago
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार …

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Ekantipur
21h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Nagarik News
22h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
21h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2612