Trending
Prev Story
Next Story

नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै

Ekantipur •
November 17, 2026 • 02:32 PM
2
2 reads 0 reactions

सानेपास्थित हेरिटेज गार्डेनमा हुने दुई दिने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी, स्टार्टअप पभिलियन तथा दुई विषयगत छलफल आयोजना गरिने छ ।

नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै

सानेपास्थित हेरिटेज गार्डेनमा हुने दुई दिने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी, स्टार्टअप पभिलियन तथा दुई विषयगत छलफल आयोजना गरिने छ ।

काठमाडौँ — नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा 'आकाशटेल नास-आईटी एक्स्पो २०२६' आयोजना गर्ने भएको छ । एक्स्पोमा स्टार्टअप पभेलियन र दुईवटा विषयगत छलफल पनि हुनेछन् ।

दुईदिने एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको नास-आईटीले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रसँग देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने ठूलो सम्भावना रहेको बताए ।

‘नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन्, अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ,' उनले भने, 'नास-आईटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्दै यस दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’

यस्तै नास-आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताइन् । ‘खरिदकर्ता, स्टार्टअप र विद्यार्थी सबैले आफ्ना लागि उपयोगी अवसर पहिचान गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो। एक्स्पोमार्फत प्रविधि कम्पनीका उत्पादन तथा सेवाबारे जानकारी लिनुका साथै नयाँ सहकार्य र व्यावसायिक सम्भावनाको खोजी गर्न सकिनेछ,’ उनले भनिन् ।

एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, एआई तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् । युरोपेली संघको सहयोगमा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप पभिलियन थप गरिएको छ । एक्स्पोकी संयोजक तथा नास-आईटीकी कार्यसमिति सदस्य प्रार्थना साख: ले एक्स्पो सफल बनाउन प्रायोजक, साझेदार तथा प्रदर्शकको सहकार्य महत्वपूर्ण रहेको बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै

नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै

नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै सानेपास्थित हेरिटेज गार्डेनमा हुने दुई दिने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी, स्टार्टअप पभिलियन तथा दुई विषयगत छलफल आयोजना गरिने छ । ...

#एक्स्पो #आईटी #नास
Compare →
Onlinekhabar
1h ago
‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा

‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा

१ मंसिर, काठमाडौं । आकाश टेल नास-आईटी एक्स्पो २०२६ ५ र ६ मंसिरमा आयोजना हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास-आईटी) ले यो प्रदर्शनी गर्ने भएको छ । ‘नेपालको आगामी …

#एक्स्पो #आईटी #नास
Compare →
Bizshala
6h ago
मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

काठमाण्डौ । नेपाली सूचना प्रविधि उद्योगको विकास, स्टार्टअप प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई लक्षित...

#एक्स्पो #आईटी #नास
Compare →
Arthasansar
10h ago
काबेली–ए जलविद्युत आयोजनामा ३० जनालाई रोजगारीको अवसर

काबेली–ए जलविद्युत आयोजनामा ३० जनालाई रोजगारीको अवसर

काबेली इनर्जी लिमिटेडले ३७.६ मेगावाट क्षमताको काबेली–ए जलविद्युत आयोजनाको सुरुङ उत्खनन कार्यका लागि विभिन्न पदमा ३० जना जनशक्ति माग गरेको...

#आयोजना
Compare →
Nagarik News
2d ago
मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीन वटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ।

#आयोजना #मंसिर
Compare →

Related Stories

Business & Economy
Build #2612