Trending
Prev Story
Next Story

मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

Bizshala •
November 17, 2026 • 08:34 AM
3
3 reads 0 reactions

काठमाण्डौ । नेपाली सूचना प्रविधि उद्योगको विकास, स्टार्टअप प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई लक्षित...

मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

काठमाण्डौ । नेपाली सूचना प्रविधि उद्योगको विकास, स्टार्टअप प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई लक्षित गर्दै आगामी मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (Powering Nepal’s Next Economy) भन्ने नारासहित एक्स्पो आयोजना गर्न लागेको हो।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने दुईदिने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने आयोजकले जनाएको छ। यसअघि सन् २०२५ नोभेम्बरमा आयोजित पहिलो संस्करणमा २ हजार ५०० भन्दा बढी आगन्तुक र २० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए।

आयोजकका अनुसार यस वर्षको एक्स्पोलाई थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने तयारी गरिएको छ।

एक्स्पोमार्फत नेपाली प्रविधि कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखिएको छ।

यसका साथै विद्यार्थी तथा युवा पेशाकर्मीलाई नेपालको प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करिअरका अवसरबारे जानकारी गराइनेछ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने ठूलो सम्भावना बोकेको बताए।

उनका अनुसार नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका भए पनि ती उत्पादनको बजार विस्तार, स्वदेशी प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउन थप पहल आवश्यक छ।

‘नास–आईटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,’ उनले भने।

नास–आईटीकी महासचिव प्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्रै नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताइन्।

एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधिलगायतका क्षेत्रमा कार्यरत कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्।

यस वर्षको एक्स्पोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ। सिल्भर प्रायोजकमा अम्लि टेक्नोलोजिज, एक्वामा, ग्लोबल आईएमई बैंक र थर्ड प्यारामिटर एलआई रहेका छन्। त्यसैगरी किड्स कलेज, एआरसी (ARC) र बिजके (Bizak) सहयोगी संस्थाका रूपमा जोडिएका छन्।

स्टार्टअपलाई लगानीकर्ता र बजारसँग जोड्ने अवसर

यस वर्षको एक्स्पोमा स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत छलफल थप गरिएको छ।

आयोजकका अनुसार स्टार्टअप प्याभिलियनले नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई आफ्ना नवीन विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

एक्स्पोको पहिलो दिन ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल हुनेछ भने दोस्रो दिन ‘नेपालको आन्तरिक प्रविधि बजार निर्माण’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ।

यी छलफलमा नेपाली प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी प्रविधिको प्रयोग, लगानीको सम्भावना तथा उद्योगका चुनौतीबारे विचार आदानप्रदान गरिनेछ।

नास–आईटीका अनुसार एक्स्पोमा सहभागी हुन चाहनेहरूले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्।

कार्यक्रम विवरणअनुसार एक्स्पो मंसिर ५ र ६ गते बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। यसको मुख्य उद्देश्य नेपाली प्रविधि उद्योगलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्‍याउनु रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
15m ago
मंसिर ५–६ गते नास-आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

मंसिर ५–६ गते नास-आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्सपो २०२६’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनम...

#काठमाडौं #आईटी #नास
Compare →
Nagarik News
3h ago
लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्यसहित यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ।

#मंसिर #गते
Compare →

Related Stories

Business & Economy
Build #2612