काठमाडौं । नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको संगठनात्मक अवस्था, वर्तमान राजनीतिक परिस्थिति र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो।
भेलामा देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न तहका प्रतिनिधिहरू सहभागी हुनेछन्। दुई दिनसम्म चल्ने भेलामा पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक घटनाक्रम र आगामी योजनाबारे छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )