काठमाडौँ । नेकपा एमालेले बुधबारदेखि काठमाडौँमा बृहत् राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । पालिका कमिटीका पदाधिकारी र स्थानीय तहका प्रमुख–उपप्रमुखदेखि केन्द्रीय कमिटीका पदाधिकारी र संघीय सांसदहरूसम्म गरी ३ हजार ४१४ जना सहभागी हुने यो भेलालाई एमालेले ऐतिहासिक भनेको छ ।
गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणाम भोगेपछि पार्टी पंक्तिमा देखिएको निराशा चिर्न, आन्तरिक एकता सुदृढ गर्न र आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन यो भेला आयोजना गरिएको एमालेको दाबी छ । तर भेलाको स्वरूप, आन्तरिक नेतृत्व विवाद, महासचिवको अधिकार र पार्टीको आगामी कार्यदिशालाई लिएर विभिन्न प्रश्न पनि उठिरहेका छन् ।
Read full story at source ( ratopati.com )