काठमाडौं । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजनविक्रम थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । संघका पदाधिकारी तथा सदस्य तथा आवद्ध बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले नवनियुक्त अध्यक्षसँग भेट गरी बधाई तथा शुभकामना दिएको हो ।
भेटका क्रममा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार तथा सुदृढीकरण, बीमा सेवाको पहुँच अभिवृद्धि, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयमा छलफल भएको संघले जनाएको छ।
Read full story at source ( corporatenepal.com )