Trending
Prev Story
Next Story

एमाले राष्ट्रिय भेलामा सहभागीले स्थानीय निर्वाचनबारे लिखित सुझाव दिनुपर्ने

Ekantipur •
November 16, 2026 • 01:02 PM
2
2 reads 0 reactions

भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि गरी ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।

एमाले राष्ट्रिय भेलामा सहभागीले स्थानीय निर्वाचनबारे लिखित सुझाव दिनुपर्ने

भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि गरी ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।

काठमाडौं — २ र ३ मंसिरमा काठमाडौंमा हुन लागेको एमालेको राष्ट्रिय भेलाका सहभागीहरूलाई स्थानीय निर्वाचन केन्द्रित लिखित सुझाव दिन निर्देशन दिइएको छ । एमालेले सोमबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय भेलाका सहभागीहरूले अनिवार्य रूपमा स्थानीय निर्वाचन केन्द्रित सुझावहरू लिखित रूपमा दिनुपर्ने जनाएको हो ।

स्थानीय तह निर्वाचनको पूर्वतयारी, पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा संगठनात्मक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य छ ।

भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि गरी ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ । पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संसदीय फाँटतर्फ संघीय संसद्‍देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा भेला भई स्थानीय निर्वाचनमा केन्द्रित हुनेछन् ।

भेलालाई केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामसहितको प्रशिक्षण दिनेछन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेताको हैसियतले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभारसम्बन्धी सम्बोधन गर्ने एमालेले जनाएको छ ।

मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी उपाध्यक्ष रामबहादुर थापाद्वारा संसदीय संघर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा एमाले सरकारमा रहँदा गरिएका  महत्वपूर्ण कामहरू तथा उपलब्धिहरूको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
बुधबार सुरु हुने एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने

बुधबार सुरु हुने एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ। भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका प्रतिनिधि तथा जनप्रतिनिधिसहित...

#भेला #एमा #सहभागी
Compare →
Nagarik News
1h ago
संसदीय सङ्घर्ष र चुनावको कार्ययोजनासहित एमालेको राष्ट्रिय भेला मङ्सिर २ देखि

संसदीय सङ्घर्ष र चुनावको कार्ययोजनासहित एमालेको राष्ट्रिय भेला मङ्सिर २ देखि

नेकपा (एमाले) ले संसदीय सङ्घर्ष, सरकारमा रहँदाका कामको समीक्षा र आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनामा केन्द्रित रहेर मङ्सिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

#भेला #एमा
Compare →
Onlinekhabar
2h ago
‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’

‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार …

#भेला #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612