Trending
Prev Story
Next Story

संसदीय सङ्घर्ष र चुनावको कार्ययोजनासहित एमालेको राष्ट्रिय भेला मङ्सिर २ देखि

Nagarik News •
November 16, 2026 • 12:09 PM
4
4 reads 0 reactions

नेकपा (एमाले) ले संसदीय सङ्घर्ष, सरकारमा रहँदाका कामको समीक्षा र आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनामा केन्द्रित रहेर मङ्सिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

संसदीय सङ्घर्ष र चुनावको कार्ययोजनासहित एमालेको राष्ट्रिय भेला मङ्सिर २ देखि

नेकपा (एमाले) ले संसदीय सङ्घर्ष, सरकारमा रहँदाका कामको समीक्षा र आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनामा केन्द्रित रहेर मङ्सिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख नीरज आचार्यले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

भेलामा करिब तीन हजार ४१४ जनाको सहभागिता रहनेछ। भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्नेछन्।

मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्त्वपूर्ण कार्यपत्रसमेत भेलामा प्रस्तुत गरिनेछ। सो अवसरमा पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा र अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन्।

यस्तै, महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउँदै साङ्गठनिक सुदृढीकरण गर्न र आगामी स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न भेला आयोजना गरिएको बताए।

उनका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीद्वारा पारित आजका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भई कार्यान्वयनका लागि जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु भेलाको मुख्य ध्येय रहेको छ।

‘आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरी वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य रहेको छ,’ उनले भने, ‘भेलाले पार्टीलाई नयाँ सञ्चार गर्नेछ।’

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारी (प्रवासबाट) तथा पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन्।

प्रकाशित: ३० कार्तिक २०८३ १७:५४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
मंसिर १ देखि ५ गतेसम्म लगातार भेला र बैठकमा जुट्यो एमाले

मंसिर १ देखि ५ गतेसम्म लगातार भेला र बैठकमा जुट्यो एमाले

काठमाडौँ । मङ्सिर १ गतेदेखि ५ गतेसम्म नेकपा एमाले लगातार बैठक र भेलामा जुट्ने भएको छ । मङ्सिर १ गते स्थायी कमिटी बैठक बोलाएको एमालेले २ र ३ गते राष्ट्रिय भेला गर्दैछ । मङ्सिर ४ गते स्थानीय तहका प्...

#भेला #मङ्सिर #एमाले
Compare →
Onlinekhabar
3h ago
स्थानीय चुनावको तयारी भन्दै एमालेले डाक्यो राष्ट्रिय भेला

स्थानीय चुनावको तयारी भन्दै एमालेले डाक्यो राष्ट्रिय भेला

३० कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट …

#भेला #एमा #चुनाव
Compare →
Ekantipur
1h ago
एमालेको राष्ट्रिय भेलाको मुख्य एजेण्डा स्थानीय निर्वाचन

एमालेको राष्ट्रिय भेलाको मुख्य एजेण्डा स्थानीय निर्वाचन

एमालेले पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरेको हो ।

#भेला #एमा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612