Trending
Prev Story
Next Story

एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

Ekantipur •
November 15, 2026 • 05:02 PM
4
4 reads 0 reactions

उपाध्यक्ष रामबहादुर थापाले संसद्मा एमालेले खेल्नुपर्ने भूमिकाबारे, अर्का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, सामाजिक र भौतिक विकासबारे तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनबारे प्रतिवेदन पेस गर्ने

एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

उपाध्यक्ष रामबहादुर थापाले संसद्मा एमालेले खेल्नुपर्ने भूमिकाबारे, अर्का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, सामाजिक र भौतिक विकासबारे तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनबारे प्रतिवेदन पेस गर्ने

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनको मितिबारे दलहरूसँग छलफल गर्ने तयारी गरिरहेका बेला एमालेले निर्वाचनलक्षित राष्ट्रिय भेला गर्न लागेको छ । २ र ३ मंसिरमा काठमाडौंमा हुने राष्ट्रिय भेलामा एमालेले स्थानीय र प्रदेश निर्वाचनको तयारीलाई तत्काल पार्टीको प्रमुख कार्यभारका रूपमा अघि सारेको हो ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले अघि सार्ने दुई कार्यभारमध्ये स्थानीय र प्रदेश निर्वाचनको तयारी रहेको जानकारी दिए । ‘पछिल्लो केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नै अब पार्टी सम्पूर्ण रूपमा निर्वाचनको तयारीमा लाग्ने र संगठन गतिशील बनाउने गरी राष्ट्रिय भेलाले निर्णय गर्नेछ,’ उनले भने ।

एमालेले यसअघि नै स्थानीय तह निर्वाचनको तयारी गर्न अन्तर पार्टी निर्देशन जारी गरिसकेको छ । ‘स्थानीय तहको निर्वाचन सामुन्ने छ, गएको निर्वाचनमा हामीले नराम्ररी पराजय भोग्यौं, आगामी दिनमा पनि हाम्रा अगाडि ठूलाठूला बाधा र चुनौती आउने छन्, तिनको सामना गर्न हामीले अहिलेदेखि तयारी गर्नुपर्नेछ,’ अन्तर पार्टी निर्देशनमा एमालेविरुद्ध षड्यन्त्र रहेको उल्लेख गर्दै भनिएको छ, ‘हामीलाई पराजित गर्ने षड्यन्त्र जारी छ, तर अबको निर्वाचनमा जसरी पनि सफलता प्राप्त गर्ने गरी तयारीको काममा जुट्नु पर्नेछ, त्यसका लागि सिंगो पार्टी निर्वाचनका लागि योजनाबद्ध रूपमा तयारीमा लाग्नु जरुरी छ ।’

राष्ट्रिय भेलामा पहिलो पटक पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्या भण्डारीले लिखित सम्बोधन गरेर आफ्नो धारणा राख्ने तयारी छ । उपाध्यक्ष विष्णु पौडेलले एमालेले नेतृत्व गरेका सरकारले गरेका आर्थिक, सामाजिक र भौतिक विकासबारे प्रतिवेदन पेस हुनेछन् । २३ भदौको जेन–जी आन्दोलन, २४ भदौको प्रदर्शनबारे संसद्मा ‘विवादित’ अभिव्यक्ति दिँदै आएका अर्का उपाध्यक्ष रामबहादुर थापाले संसद्मा एमालेले खेल्नुपर्ने भूमिकाबारे प्रतिवेदन राष्ट्रिय भेलामा प्रस्तुत गर्ने कार्यतालिका छ ।

भदौमा भएको केन्द्रीय कमिटी बैठकमा पार्टीको नीति र नेतृत्व पुनर्गठनको पक्षमा उभिएका महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे सांगठिनक प्रतिवेदन पेस गर्नेछन् । करिब तीन हजार तीन सय प्रतिनिधि सहभागी हुने भेलाले चुनावलाई केन्द्रित गरी अरू राजनीतिक अभियान चलाउनेबारे निर्णय गर्नेछ ।

यस्तै एमालेले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि अभियान अघि बढाउनेबारे पनि राष्ट्रिय भेलाले निर्णय र घोषणा गर्नेछ । ‘संसद्, न्यायपालिका, संवैधानिक निकाय, प्रेस, विद्यार्थी संगठन, ट्रेड युनियन, नागरिक स्वतन्त्रता र संघीय संरचना— यी सबै लोकतन्त्रका अंग हुन् । नेकपा (एमाले) यी संस्थाहरूको अग्रपंक्तिको रक्षक बन्नुपर्छ,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘लोकतन्त्रको वापसीका लागि हामीले आफूलाई निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा राख्नुपर्छ । यसका लागि पार्टीमा सुदृढ आन्तरिक एकता चाहिन्छ । न्याय सजिलोसँग पाइँदैन भने जनबलमा त्यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक छ ।’

राष्ट्रिय भेलामा एमालेले पार्टी संगठन सुदृढीकरणका लागि १५ प्रमुख काम अघि सार्ने तयारी छ । प्रत्येक जिल्लामा ‘सत्य संवाद’ अभियान चलाउने भएको छ । प्रत्येक पालिकामा जनसुनुवाइ, वडामा घरदैलो र खुला छलफल, प्रत्येक जनवर्गीय संगठनले आफ्नो क्षेत्रका मुद्दामा तथ्य र समाधानसहित जान निर्देश गरेको छ । यी कार्यक्रमलाई राष्ट्रिय भेलापछि अझ जोड दिइने प्रचार विभाग प्रमुख आचार्यको भनाइ छ ।

महँगी, बेरोजगारी, किसानको मूल्य, मजदुरको श्रम, साना उद्यमीको कर, विद्यार्थीको भविष्य, शिक्षकको कक्षा, स्वास्थ्य खर्च, महिला सुरक्षा, सुकुमवासीको आवास, सीमावर्ती नागरिकको सम्मान, प्रवासी नेपालीको पीडा, यी सबै एमालेको दैनिक राजनीति हुने ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘हामी संसद्मा प्रश्न गर्छौं, सडकमा जनतासँग उभिन्छौं, अदालतमा अधिकारको पक्ष लिन्छौं, स्थानीय तहमा समाधान खोज्छौं र समाजमा सेवा गर्छौं,’ एमालेले भनेको छ ।

त्यस्तै डिजिटल पुनर्निर्माण गरी एमालेले केन्द्रीय तथ्य–संवाद–प्रतिवाद संयन्त्र बनाउने भएको छ । प्रत्येक आरोपको तथ्यपत्र तयार हुनुपर्छ । सरल भाषामा, छोटा भिडियोमा, चित्रमा, प्रश्नोत्तरमा, स्थानीय भाषामा, युवा प्रस्तुतकर्तामार्फत जनतासम्म पुग्ने एमालेको तयारी छ । पार्टीका सदस्य सक्रिय भए/नभएको यकिन गरी नतिजा नाप्ने संगठन बनाउने तयारी गरेको छ ।

युवालाई पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कार्यमा वास्तविक जिम्मेवारी दिएर प्रविधि, उद्यम, शिक्षा, रोजगार, जलवायु, सहरी शासन, डिजिटल अर्थतन्त्र, संस्कृति र नागरिक स्वतन्त्रताका विषयमा युवा नीति समूह गठन गर्ने तयारी छ । महिला नेतृत्व र सामाजिक प्रतिनिधित्वलाई निर्णायक बनाउनेबारे नीति बनाउने भनिएको छ । आन्तरिक अनुशासन र खुला संवादको सन्तुलन बनाई पार्टीभित्र नियमित खुला बहस चलाउने अन्तर पार्टी निर्देशनमा उल्लेख छ । वैकल्पिक शासन खाका तयार गरी शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, वातावरण आदि क्षेत्रका विषयमा नीति निर्माणमा विभागहरूको भूमिका प्रभावकारी बनाउने भन्दै अध्यक्ष ओलीले प्रतिवेदन बनाउनेछन् । जनसेवामूलक पार्टी निर्माण, ज्ञानमा आधारित पार्टी, कार्यशैलीमा सुधार, नैतिक पुनर्निर्माणबारे पनि भेलामा छलफल हुँदै छ ।

चुनावलाई लक्षित गरी स्थानीय मुद्दाकेन्द्रित संगठन बनाई एमालेको प्रत्येक वडा कमिटीले आफ्नो क्षेत्रको समस्या–सूची बनाउने भएको छ । त्यस्तै प्रवासी नेपालीसँग नयाँ सम्बन्ध बनाउने विधि पनि बनाइँदै छ । राष्ट्रिय स्वाधीनता र कूटनीतिक सन्तुलनको स्पष्ट नीति लिई छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न राष्ट्रिय एकतामा जोड दिइनेछ ।

यसैगरी जनताको बहुदलीय जनवादलाई केवल ऐतिहासिक दस्ताबेजमा सीमित नगरी डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता (एआई), जलवायु संकट, युवा पलायन, सहरी असमानता, गिग इकोनोमी, शिक्षा बजार, स्वास्थ्य खर्च, लैंगिक न्याय, सांस्कृतिक परिवर्तनसहितको राजनीतिक विचार परिभाषित गर्ने तयारी अध्यक्ष ओलीको छ ।

गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
आठ कार्यभारमा छलफल गर्न एमाले भेला

आठ कार्यभारमा छलफल गर्न एमाले भेला

नेकपा एमालेले संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राखेर काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ। पार्टी संगठन विभागको अगुवाइमा अर्...

#निर्वाचन #एमा #भेला
Compare →
Nagarik News
2d ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ।

#एमा #भेला
Compare →
Onlinekhabar
1d ago
अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर …

#निर्वाचन #एमा
Compare →
Bizshala
2d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#एमा #भेला
Compare →

Related Stories

Politics & Governance
Build #2612