Trending
Prev Story
Next Story

बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने नबिल बैंकलाई नवौँपटक सरकारी सम्मान, दुई वर्षमा ६ अर्ब ६० करोड कर भुक्तानी

Bizshala •
November 17, 2026 • 08:34 AM
3
3 reads 0 reactions

काठमाण्डौ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा लगातार आफ्नो बलियो उपस्थिति...

बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने नबिल बैंकलाई नवौँपटक सरकारी सम्मान, दुई वर्षमा ६ अर्ब ६० करोड कर भुक्तानी

काठमाण्डौ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा लगातार आफ्नो बलियो उपस्थिति कायम राख्न सफल भएको छ। आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाएबापत बैंक नेपाल सरकारबाट सम्मानित भएको हो।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा नबिल बैंकलाई नवौँपटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मान गरिएको हो।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो। त्यसैगरी गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले सरकारलाई ३ अर्ब ६० करोड रुपैयाँ आयकर भुक्तानी गरेको छ।

यसरी पछिल्ला दुई आर्थिक वर्षमा मात्रै नबिल बैंकले करिब ६ अर्ब ६० करोड रुपैयाँ आयकरमार्फत सरकारी राजस्वमा योगदान पुर्‍याएको छ।

आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवसको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए। उक्त सम्मान बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले ग्रहण गरेका थिए।

बैंकिङ क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्थाका रूपमा नवौँपटक सम्मानित हुनुलाई नबिल बैंकले आफ्नो व्यावसायिक सफलता, पारदर्शी वित्तीय अभ्यास तथा राज्यप्रतिको जिम्मेवारीको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

सम्मान ग्रहणपछि बैंकका अध्यक्ष चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए।

उनले यस सम्मानमा बैंकका कर्मचारीहरूको योगदान तथा ग्राहकले बैंकप्रति देखाएको विश्वास प्रतिबिम्बित भएको उल्लेख गरे।

करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई बैंकले गम्भीरतापूर्वक लिएको बताउँदै चौधरीले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्ने तथा नेपालको आर्थिक प्रगतिमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले प्रविधिमा आधारित सेवा विस्तारलाई समेत प्राथमिकतामा राख्दै आएको छ।

बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई थप सहज र आधुनिक सुविधा उपलब्ध गराउने उद्देश्यले ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।

परम्परागत बैंकिङ सेवासँगै डिजिटल माध्यमको विस्तारले ग्राहकलाई वित्तीय सेवामा पहुँच बढाउन सहयोग पुर्‍याएको बैंकको भनाइ छ।

नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर तथा ३१८ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकका अनुसार करिब ३० लाख ग्राहकले यसको बैंकिङ सेवा उपयोग गर्दै आएका छन्।

बैंकले पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ तथा ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको आधार मान्दै आएको जनाएको छ।

नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रमा सर्वाधिक आयकर तथा राजस्व योगदान गर्ने करदाता र संस्थालाई सम्मान गर्दै आएको छ।

यस वर्ष पनि बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने संस्थाका रूपमा नबिल बैंक सम्मानित भएको हो।

बैंकको पछिल्लो दुई वर्षको कर भुक्तानी विवरणले सरकारी राजस्व संकलनमा ठूला वित्तीय संस्थाको योगदानलाई उजागर गरेको छ।

नबिल बैंकले आगामी दिनमा पनि सेवा विस्तार, प्रविधिको उपयोग, संस्थागत सुशासन तथा दिगो बैंकिङ अभ्यासमार्फत मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4h ago
सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन  सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन सम्मानित

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष...

#आयकर #नबिल #तिर्ने
Compare →
Hamro Patro News
1h ago
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर ...

#आयकर #नबिल #तिर्ने
Compare →
Onlinekhabar
1h ago
आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

१ मंसिर, काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई …

#तिर्ने #सर्वाधिक #सम्मान
Compare →
Ekantipur
2h ago
सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक नबिल बैंक सम्मानित

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक नबिल बैंक सम्मानित

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर बुझाएको छ।

#आयकर #नबिल #तिर्ने
Compare →
Nagarik News
4h ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

#तिर्ने
Compare →

Related Stories

Politics & Governance
Build #2612