Trending
Prev Story
Next Story

पहिलो त्रैमासमा बैंकहरूले छुट्याए ३ अर्ब १५ करोड कर्मचारी बोनस, कसको कति ?

Arthasansar •
November 22, 2026 • 06:38 AM
3
3 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो  त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूको बोनसका लागि कुल ३...

पहिलो त्रैमासमा बैंकहरूले छुट्याए ३ अर्ब १५ करोड कर्मचारी बोनस, कसको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो  त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूको बोनसका लागि कुल ३ अर्ब १५ करोड रुपैयाँ छुट्याएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ४० करोड ८० लाख ५० हजार रुपैयाँ विनियोजन गर्दै नबिल बैंक सर्वाधिक बोनस छुट्याउने एकमात्र बैंक बनेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ३५ करोड ८१ लाख ५० हजार र तेस्रो स्थानको एभरेष्ट बैंकले १९ करोड ८३ लाख ३० हजार रुपैयाँ छुट्याएका छन् ।

यस्तै,प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले क्रमशः १८ करोड ८४ लाख ९० हजार र १८ करोड ७५ लाख ३० हजार रुपैयाँ विनियोजन गरेका छन्। यसैगरी शीर्ष दशभित्र पर्न सफल अन्य बैंकहरूमा एनएमबीले १८ करोड ४८ लाख १० हजार, कुमारीले १७ करोड ५ लाख ७० हजार, सानिमाले १६ करोड ५६ लाख १० हजार, सिद्धार्थले १३ करोड ७६ लाख ५० हजार र प्रभु बैंकले १२ करोड ८६ लाख ६० हजार रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन्। अन्य वाणिज्य बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकले १२ करोड ४० लाख ३० हजार, स्ट्यान्डर्ड चार्टर्डले ११ करोड ९३ लाख ४० हजार, लक्ष्मी सनराइजले १० करोड ५३ लाख ३० हजार, हिमालयनले १० करोड ३५ लाख ४० हजार, नेपाल एसबीआईले ८ करोड ७६ लाख ५० हजार, माछापुच्छ्रेले ८ करोड ७४ लाख ८० हजार, नेपाल बैंकले ५ करोड २४ लाख ७० हजार, एनआईसी एशियाले २ करोड २ लाख ३० हजार र सिटिजन्स बैंकले १ करोड ७२ लाख ८० हजार रुपैयाँ बोनसका लागि छुट्याएका छन्।

विकास बैंक तथा फाइनान्स कम्पनीहरूतर्फ मुक्तिनाथ विकास बैंकले ५ करोड १५ लाख ३० हजार, लुम्बिनी विकास बैंकले ४ करोड ८० लाख ९० हजार, महालक्ष्मी विकास बैंकले १ करोड ८८ लाख, शाङ्ग्रिला डेभलपमेन्टले ५३ लाख १० हजार, मितेरी डेभलपमेन्टले ४९ लाख, मञ्जुश्री फाइनान्सले ३७ लाख ९० हजार, सेन्ट्रल फाइनान्सले ३३ लाख २० हजार र श्री फाइनान्सले ३१ लाख २० हजार रुपैयाँ विनियोजन गरेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकले ९ लाख ७० हजार, एक्सेल डेभलपमेन्टले ८ लाख ४० हजार, ग्रिन डेभलपमेन्टले ७ लाख ८० हजार र सबैभन्दा कम सप्तकोशी डेभलपमेन्ट बैंकले ६ लाख ९० हजार रुपैयाँ मात्र बोनस छुट्याएका छन्।

समग्रमा, संस्थाको व्यवसायको आकार, खुद नाफाको निश्चित हिस्सा र कर्मचारी संख्याका कारण ठूला वाणिज्य बैंकहरूको तुलनामा साना विकास बैंक तथा फाइनान्स कम्पनीहरूले छुट्याउने बोनस रकममा ठूलो अन्तर देखिएको राष्ट्र बैंकको तथ्यांकले स्पष्ट पारेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
तीन वर्षपछि लक्ष्मी लघुवित्तको लाभांश, कति गर्‍यो घोषणा ?

तीन वर्षपछि लक्ष्मी लघुवित्तको लाभांश, कति गर्‍यो घोषणा ?

यसअघि कम्पनीले २०७८-७९ मा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

#बोनस #कति
Compare →
Bizshala
3d ago
लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा, ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा, ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक...

#बोनस
Compare →
Nagarik News
1d ago
कसको पालामा कति पैसा गयो मलेसिया?

कसको पालामा कति पैसा गयो मलेसिया?

श्रमका लागि मलेसिया जाने नेपाली कामदारसँग दुई देशबिचको सम्झौताविपरीत स्वास्थ्य परीक्षणका नाममा रकम असुल गरेको विषयमा चलिरहेको अनुसन्धानमा पूर्वमन्त्रीदेखि मुख्यसचिवसम्म तानिएका छन्।

#कसको #कति
Compare →

Related Stories

Business & Economy
Build #2612