यसअघि कम्पनीले २०७८-७९ मा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
काठमाडौँ — लक्ष्मी लघुवित्तले तीन वर्ष पछि लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते साँझ बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
यसले ४.७५ प्रतिशत बोनस सेयर र लाभांश प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।
यसअघि कम्पनीले २०७८-७९ मा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।