Trending
Prev Story
Next Story

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय वार्ता, ‘शान्ति घोषणा’ जारी

Onlinekhabar •
November 20, 2026 • 02:30 AM
6
6 reads 0 reactions

४ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले ऐतिहासिक त्रिपक्षीय वार्तापछि संयुक्त ‘शान्ति घोषणा’ जारी गरेका छन् । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा चीनको दक्षिणपूर्वी …

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय वार्ता, ‘शान्ति घोषणा’ जारी

४ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले ऐतिहासिक त्रिपक्षीय वार्तापछि संयुक्त ‘शान्ति घोषणा’ जारी गरेका छन् ।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा चीनको दक्षिणपूर्वी सहर सेनझेनमा तीन नेताबीच ९० मिनेट वार्ता भएपछि संयुक्त ‘शान्ति घोषणा’ जारी भएको बीबीसीले जनाएको छ ।

यी तीन नेताबीच यसअघि छुट्टाछुट्टै भेटवार्ता भए पनि त्रिपक्षीय बैठक भएको पहिलोपटक हो ।

त्रिपक्षीय बैठकपछि जारी संयुक्त घोषणामा तीन देशले ‘परमाणु युद्ध जित्न सकिँदैन र यस्तो युद्ध कहिल्यै लड्नु हुँदैन’ भन्ने धारणा व्यक्त गरेका छन् ।

उनीहरूले पेट्रोलियम उत्पादन तथा आपूर्ति बढाउने योजना पनि सार्वजनिक गरेका छन् । विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न संयुक्त राष्ट्रसंघ (यूएन) सुधार गर्नुपर्नेमा पनि तीन देश सहमत भएका छन् ।

बिहीबार जारी घोषणामा राज्यका अधिकारीहरूले पाउने उन्मुक्तिको विषय पनि उठाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) तथा अन्य समान संस्थाहरूले आफ्नो अधिकार क्षेत्रको दुरुपयोग गर्नु नहुनेमा तीन नेताले सहमति जनाएको उल्लेख छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले त्रिपक्षीय भेटवार्तालाई ‘महत्त्वपूर्ण उपलब्धि’ भन्दै प्रशंसा गरेका छन् ।

वासिङ्टन फर्किने क्रममा सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले चीन भ्रमण निकै राम्रो र दूरगामी महत्त्वको रहेको बताएका हुन् । उनले शुक्रबार ह्वाइट हाउसमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने छन् ।

चीन भ्रमणका क्रममा त्रिपक्षीय बैठकअघि ट्रम्पले पुटिनसँग पनि भेट गरेका थिए ।

सन् २०२५ अगस्टपछि उनीहरूबीच पहिलो भेट भएको हो । भेटमा ट्रम्पले पुटिनलाई आफ्नो ‘मित्र’ भन्दै स्वागत गरेका थिए । उनले सीसँग छुट्टै कुराकानी गर्दै उनीहरूबीचको सम्बन्धलाई ‘विशेष’ भनेका थिए ।

परमाणु हतियार र युक्रेन युद्ध प्रमुख एजेन्डा

तर, सार्वजनिक रूपमा सौहार्दपूर्ण अभिव्यक्ति दिए पनि तीन नेताका वार्ताका उद्देश्य र प्राथमिकता फरक–फरक रहेको विश्लेषण गरिएको छ ।

त्रिपक्षीय वार्ताको सुरुवाती मन्तव्यले बन्द कोठाभित्र छलफल भएका विषयको संकेत गरेको थियो ।

बैठकमा आफ्ना समकक्षीलाई बोल्नुअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख शक्तिबीच सकारात्मक अन्तरक्रिया विकल्प नभई अनिवार्य आवश्यकता भएको बताएका थिए ।

त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने साझा चासो रहेको उल्लेख गर्दै खाद्य तथा ऊर्जा सुरक्षाका विषयमा पनि छलफल हुने बताएका थिए ।

सन् २०२२ मा पुटिनले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि चीनले आधिकारिक रूपमा तटस्थ भूमिका अपनाउँदै आएको छ । यद्यपि, युक्रेन र उसका सहयोगीहरूले रुसी सेनाले प्रयोग गर्ने दोहोरो प्रयोजनका प्रविधि निर्यात गरेर चीनले मस्कोलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाउँदै आएका छन् । बेइजिङले भने ती आरोप अस्वीकार गर्दै आएको छ ।

चीनले युद्ध अन्त्यका लागि वार्ता र राजनीतिक समाधानको आह्वान गर्दै आए पनि रुसको आक्रमणको स्पष्ट निन्दा गरेको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
7h ago
ट्रम्प, पुटिन र सीबीचको बैठकपछि जारी ‘शान्ति घोषणापत्र’मा के छ ?

ट्रम्प, पुटिन र सीबीचको बैठकपछि जारी ‘शान्ति घोषणापत्र’मा के छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिंगले ऐतिहासिक बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →
Hamro Patro News
10h ago
सी, ट्रम्प र पुटिनले ऐतिहासिक बैठकपछि जारी गरे ‘शान्ति घोषणापत्र’

सी, ट्रम्प र पुटिनले ऐतिहासिक बैठकपछि जारी गरे ‘शान्ति घोषणापत्र’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार ऐतिहासिक त्रिपक्षीय बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्। एसिया-प्रशान्त आ...

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →
Bizshala
23h ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →
Ekantipur
23h ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए

#राष्ट्रपति #ट्रम्प #पुटिन
Compare →
Arthasansar
1d ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर...

#घोषणा
Compare →

Related Stories

World News
Build #2612