Trending
Prev Story
Next Story

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

Ekantipur •
November 19, 2026 • 09:02 AM
2
2 reads 0 reactions

वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए

काठमाडौँ — एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा चीनको सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय बैठक सुरु भएको छ।

वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए ।

'ठूला शक्ति सद्भावमा रहँदा विश्व शान्त हुन्छ,' सीले भने, 'प्रतिकूलताले वास्तविक जिम्मेवारी उजागर गर्छ। विश्वव्यापी चुनौतीको सामना गर्न तीन देशले मिलेर काम गर्नुपर्छ।'

त्रिपक्षीय बैठकको सुरुवाती मन्तव्यमा रुसी राष्ट्रपति पुटिनले आफ्नो कुराकानीको मुख्य केन्द्र युक्रेन युद्ध रहने स्पष्ट पारे । पछिल्लो २४ घण्टामा चिनियाँ नेता सी र अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएका आफ्ना भेटवार्ताको सन्दर्भ जोड्दै पुटिनले भने, 'युक्रेनमा हाम्रा साझा चासो छन्।'

यसअघि ट्रम्पले युक्रेन र इरानको युद्ध तथा व्यापारका विषयमा केन्द्रित रही पुटिन र सीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए ।

सेन्जेनमा भइरहेको यो त्रिपक्षीय भेटवार्तालाई युक्रेन, इरान र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा केन्द्रित महत्त्वपूर्ण कूटनीतिक संवादका रूपमा हेरिएको छ।

(अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए मंसिर ३, २०८३ कान्तिपुर संवाददाता ...

#चिनियाँ #ट्रम्प #पुटिनबीच
Compare →
Nagarik News
6h ago
ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै

ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पहिलो पटक एकै ठाउँमा बसेर बैठक गर्ने भएका छन्।

#राष्ट्रपति #ट्रम्प #पुटिनबीच
Compare →
Onlinekhabar
17h ago
चीनमा एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

चीनमा एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

चीनको सेन्जेनमा बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटघाट भएको छ ।  क्रेमलिनले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा पुटिन, ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ रेड कार्पेटमा सँगै …

#राष्ट्रपति #चिनियाँ #ट्रम्प
Compare →
Bizshala
22h ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#राष्ट्रपति #चिनियाँ #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612