Trending
Prev Story
Next Story

कोप-३१ मा नेपालको अडान बलियो बनाउन युवा र अभियन्ताको सुझाव

Ekantipur •
November 19, 2026 • 09:02 AM
2
2 reads 0 reactions

नेपाल जलवायुजन्य विपद्को चपेटामा रहे पनि मुख्य वार्तामा विकसित राष्ट्रहरूले नेपाललाई न्याय दिन हिच्किचाएको भन्दै युवा तथा अभियन्ताहरूले नेपालले न्यायका लागि थप मिहिनेत गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

कोप-३१ मा नेपालको अडान बलियो बनाउन युवा र अभियन्ताको सुझाव

नेपाल जलवायुजन्य विपद्को चपेटामा रहे पनि मुख्य वार्तामा विकसित राष्ट्रहरूले नेपाललाई न्याय दिन हिच्किचाएको भन्दै युवा तथा अभियन्ताहरूले नेपालले न्यायका लागि थप मिहिनेत गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

अन्ताल्या (टर्कीए) — टर्कीएको अन्ताल्यामा भेला भएका नेपाली युवा अभियन्ता, अनुसन्धानकर्ता, वार्ताकर्तालगायत वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अभियन्ताहरूले कोप-३१ को वार्ताप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल जलवायूजन्य विपद्को चपेटामा रहे पनि मुख्य वार्तामा विकसित राष्ट्रहरूले नेपाललाई न्याय दिन हिच्किचाएको भन्दै युवा तथा अभियन्ताहरूले नेपालले न्यायका लागि थप मिहिनेत गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

छलफल कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, मन्त्रीका प्रमुख सल्लाहकार अभिषेक श्रेष्ठसहित कोप-३१ मा सहभागी दुई दर्जनभन्दा बढी युवाको सहभागिता थियो । छलफलमा अभियन्ता प्रज्वल विक्रम राणाले सरकारले नेपालको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउन र न्याय प्राप्तिका लागि हरसम्भव प्रयास गर्नुपर्ने सुझाव दिए । उनले भने, 'हामी युवाहरूले पनि रचनात्मक कार्यक्रममार्फत दबाब सिर्जना गरिरहेका छौँ । सरकारले पनि आफ्नो अडान कायम राखोस् ।'

जलवायु तथा वातावरण अभियन्ता प्रसुज मौनालीले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै नेपालीले न्याय पाउने गरी वार्ता गर्न सुझाव दिए । जवाफमा मन्त्री चौधरीले कोप-३१ मा युवा तथा वातावरण अभियन्ताहरूले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै आफू न्याय प्राप्तिका लागि प्रयासरत रहेको बताइन् । उनले भनिन्, 'रचनात्मक सुझाव दिनुहोला । कोपमा थप केही दिन संघर्ष गरेर न्याय प्राप्त गरेरै घर फर्किनेछौँ ।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा उक्त बिषय प्रमुख मुद्दाका रुपमा उठाएको …

#जलवायु #न्याय
Compare →
Nagarik News
3d ago
जलवायु न्याय, वित्त र पर्वतीय मुद्दा हाम्रो प्राथमिकतामा : मन्त्री चौधरी

जलवायु न्याय, वित्त र पर्वतीय मुद्दा हाम्रो प्राथमिकतामा : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छिन्।

#जलवायु #न्याय
Compare →
Hamro Patro News
1d ago
नेपाल र भारतबीच निजी क्षेत्रको साझेदारी बलियो बनाउन विज्ञहरूको सुझाव

नेपाल र भारतबीच निजी क्षेत्रको साझेदारी बलियो बनाउन विज्ञहरूको सुझाव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण हुनुभन्दा अघि नेपाल र भारतका विज्ञहरूले दुवै देशको आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धन गर्न निजी क्षेत्रको सहभागितालाई संस्थागत गर्ने बलियो संयन्त...

#बलियो #बनाउन #सुझाव
Compare →
Bizshala
9h ago
कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा सम्बद्ध पक्षले जलवायु...

#जलवायु #कोप
Compare →

Related Stories

National (Nepal)
Build #2612