Trending
Prev Story
Next Story

आन्ताल्यामा नेपालीहरूद्वारा नमुना शव राखेर प्रदर्शन

Onlinekhabar •
November 18, 2026 • 12:00 PM
5
5 reads 0 reactions

२ मंसिर, काठमाडौं । कोप–३१ चलिरहेको टर्कीएको आन्ताल्यामा नेपालीहरूले बाढीमा ज्यान गुमाएकाहरूको शवको नमुना राखेर प्रदर्शन गरेका छन् । बाढी र जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाउने …

आन्ताल्यामा नेपालीहरूद्वारा नमुना शव राखेर प्रदर्शन

२ मंसिर, काठमाडौं । कोप–३१ चलिरहेको टर्कीएको आन्ताल्यामा नेपालीहरूले बाढीमा ज्यान गुमाएकाहरूको शवको नमुना राखेर प्रदर्शन गरेका छन् ।

बाढी र जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्थालाई दर्शाउन चार वटा नमुना शव राखेर प्रदर्शन गरिएको सहभागीहरूले बताएका छन् ।

प्रदर्शनमा सहभागी युवाहरूले ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’, ‘ऋण होइन, क्षतिपूर्ति चाहिन्छ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालले भोगिरहेको भन्दै उनीहरूले जलवायु संकटका लागि बढी जिम्मेवार पक्षले यसको आर्थिक दायित्व लिनुपर्नेमा जोड दिएका थिए ।

नेपाली वक्ताहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई ऋण दिएर थप आर्थिक भार बोकाउनुको सट्टा प्रदूषणका लागि जिम्मेवार पक्षले क्षतिपूर्ति दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै पेमा वाङ्मो तामाङले भनिन्, ‘हामीलाई सहानुभूति होइन, न्याय चाहिएको छ ।’

आन्ताल्यामा भएको यो प्रदर्शनले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको असमान र गम्भीर असर भोगिरहेका नेपालजस्ता देशको क्षतिपूर्ति र जलवायु न्यायसम्बन्धी आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ ।

प्रदर्शनमा रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु न्याय, क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै गत शनिबार काठमाडौंमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक संघसंस्थाले प्रदर्शन गरेका छन्।

#जलवायु #प्रदर्शन
Compare →
Hamro Patro News
2d ago
जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ – जलवायु न्याय, हानि तथा क्षतिको क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै काठमाडौँमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक सङ्घसंस्थाले प्रदर्शन गरेका छन् । विश्व...

#जलवायु #प्रदर्शन
Compare →
Nagarik News
6h ago
नेपालका बाढीपीडितको न्यायका लागि अन्तल्यामा प्रदर्शन

नेपालका बाढीपीडितको न्यायका लागि अन्तल्यामा प्रदर्शन

बाढीमा आफन्त गुमाएका तर शवसमेत फेला नपरेपछि अन्तिम संस्कार गर्न नपाएका परिवारको पीडा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने उद्देश्यले प्रतीकात्मक शव राखिएको आयोजकले बताए।

#प्रदर्शन
Compare →

Related Stories

National (Nepal)
Build #2612