Trending
Prev Story
Next Story

अदालतबाट रुख र आधिकारिकता हामी पाउँछौं : एनपी साउद

Onlinekhabar •
November 18, 2026 • 12:00 PM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । कांग्रेसको देउवा पक्षका नेता नेता एनपी साउदले पार्टीको चुनाव चिह्न रुख र आधिकारिकता पाउने दाबी गरेका छन् । उनले सर्वोच्च अदालतबाट न्यायिक पुनरावलोकनको निस्सा प्राप्त भएकाले आफ्नो पक्षले आधिकारिकता पाउने दाबी …

अदालतबाट रुख र आधिकारिकता हामी पाउँछौं : एनपी साउद

२ मंसिर, काठमाडौं । कांग्रेसको देउवा पक्षका नेता नेता एनपी साउदले पार्टीको चुनाव चिह्न रुख र आधिकारिकता पाउने दाबी गरेका छन् । उनले सर्वोच्च अदालतबाट न्यायिक पुनरावलोकनको निस्सा प्राप्त भएकाले आफ्नो पक्षले आधिकारिकता पाउने दाबी गरेका हुन् ।

देउवा समूहको कञ्चनपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका नेता साउदले भने, ‘ढुक्क भएर म साथीहरूलाई भन्न चाहन्छु– हामीहरू रुख पाउँछौं । आधिकारिकता पाउँछौं ।’

नेता साउदले अदालतले अहिलेसम्म पार्टीको आधिकारिकता वा चुनाव चिह्न रुख कुनै एक पक्षलाई नदिएको उल्लेख गर्दै दुवै पक्षको दाबी अदालतमा कायमै रहेको बताए ।

‘अदालतले न्यायिक पुनरावलोकन दिएको छ । अहिले रुख या पार्टी कुनै एक पक्षलाई दिएको छैन । हामी दुई पक्ष छौं । एक पक्ष उनीहरू, एक पक्ष हामीहरू,’ उनले भने, ‘जबसम्म अदालतले एक पक्षलाई दिन्न, तबसम्म दुई वटै पक्षको अदालतमा क्लेम कन्टिन्यू रहन्छ । हाम्रो अदालतमा क्लेम छ ।’

सर्वोच्च अदालतले न्यायिक पुनरावलोकनको अनुमति दिनु आफ्नो पक्षका लागि महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।

प्रधानन्यायाधीशसहितको इजलासले यसअघि गरेको फैसलामा उल्लेखित विषय, विगतका नजिर तथा प्राकृतिक न्यायको सिद्धान्तसमेत आकर्षित भएकाले पुनरावलोकनको निस्सा दिइएको साउदले बताए ।

‘प्रधानन्यायाधीशसहितको बेञ्चले फैसला गरिसकेपछि त्यहाँ उल्लेख भएबमोजिम विगतका नजिरहरू र प्राकृतिक न्यायको सिद्धान्तको विषयवस्तु पनि आकर्षित भएको हुनाले तपाईंहरूलाई पुनरावलोकनको निस्सा दिइएको छ भनेर अदालतले निर्णय गरिसकेको छ,’ साउदले भने ।

उनले सर्वोच्च अदालतबाट पुनरावलोकनको अनुमति पाउने अवस्था सीमित हुने उल्लेख गर्दै अदालतको पछिल्लो निर्णयले आफ्नो पक्षको दाबीलाई बल पुर्‍याएको जिकिर गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
भारत भ्रमणमा जान लागेका प्रधामन्त्री बालेनलाई एनपी साउदका तीन सुझाव

भारत भ्रमणमा जान लागेका प्रधामन्त्री बालेनलाई एनपी साउदका तीन सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ गते औपचारिक रूपमा भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बसेको दुई तिहाइ नजिकको स...

#साउद #एनपी
Compare →

Related Stories

National (Nepal)
Build #2612