Trending
Prev Story
Next Story

राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

Nagarik News •
November 20, 2026 • 07:01 AM
3
3 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

शाहीले पार्टीलाई गुट–उपगुटको राजनीतिबाट मुक्त गर्दै नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्ने बताए। उनले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको बताए।

शाहीले राप्रपा अब सीमित सिट जितेर कहिले एमाले, कहिले माओवादी र कहिले कांग्रेससँग सत्ता तथा राजनीतिक बार्गेनिङ गर्ने पार्टीका रूपमा सीमित हुन नहुने बताए।

उनले भने, ‘राप्रपा अब सिन्डिकेट, लास र दासको पार्टी बन्नु हुँदैन। यो राष्ट्रवादीहरूको शक्ति र युवाहरूको जोसका साथ अगाडि बढ्नुपर्छ। त्यसैले गुट र उपगुटभन्दा माथि उठेर पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गर्दछु।’

शाहीले पार्टीभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरण हुन नसके आगामी प्रतिनिधिसभा तथा स्थानीय तहको निर्वाचनमा गम्भीर चुनौती सामना गर्नुपर्ने चेतावनी दिए। पुरानै नेतृत्व र गुटगत सोचमा पार्टी अघि बढे जनताको विश्वास जित्न कठिन हुने उनको भनाइ छ।

उनले पार्टीको नेतृत्वमा को आउने भन्ने विषयभन्दा पनि जनताले पार्टी र त्यसको विचारलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए।

राप्रपा राष्ट्रिय पार्टी बन्नुमा देशभरका नेता, कार्यकर्ता तथा समर्थकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले निर्वाचनका क्रममा विभिन्न चुनौती र अपमान सहेर पनि पार्टीका पक्षमा मतदान गर्ने कार्यकर्ताप्रति आभार व्यक्त गरे।

शाहीले पार्टीका शीर्ष नेताहरूको अनुभव र योगदानलाई सम्मान गर्दै उनीहरूलाई अभिभावकीय भूमिकामा राख्नुपर्ने प्रस्तावसमेत अघि सारे। पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायत वरिष्ठ नेताहरूलाई सक्रिय प्रतिस्पर्धात्मक नेतृत्वभन्दा माथि सर्वोच्च अभिभावकीय नेताका रूपमा राखेर नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने बताए।

उनले भने,‘हामीले पार्टीभित्र पुस्तान्तरण गर्न सकेनौँ भने पार्टीको भविष्य छैन। पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ’।

राप्रपाको महाधिवेशन मङ्सिर २६,२७ र २८ गते काठमाडौंमा हुँदैछ।

प्रकाशित: ४ मंसिर २०८३ १२:४६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ द...

#शाही #उम्मेदवारी #राप्रपा
Compare →
Onlinekhabar
1h ago
पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र …

#शाही #उम्मेदवारी #घोषणा
Compare →
Ekantipur
1d ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

मर्जरपछि कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

#घोषणा #दिने
Compare →
Arthasansar
2d ago
काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने...

#उम्मेदवारी #दिने
Compare →
Bizshala
1d ago
सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश

सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत...

#घोषणा
Compare →

Related Stories

Politics & Governance
Build #2612