Trending
Prev Story
Next Story

काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

Arthasansar •
November 18, 2026 • 07:35 AM
3
3 reads 0 reactions

पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने...

काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिंदै आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रुपान्तरणका लागि समर्पित गर्दै काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिने बताएकी हुन् ।

उनी यसअघि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद चुनिएकी थिइन् । उनले तत्कालीन पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिमण्डलमा रहेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएकी थिइन् । पछि उनले रास्वपाबाट राजीनामा दिइकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

पूर्वसांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

#मेयर #उम्मेदवारी #दिने
Compare →
Onlinekhabar
1h ago
काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा

काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा

२ मंसिर, काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् । उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् …

#मेयर #उम्मेदवारी #दिने
Compare →
Bizshala
11m ago
काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौ । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले...

#काठमाडौं #उम्मेदवारी #मेयर
Compare →
Hamro Patro News
21h ago
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ द...

#उम्मेदवारी #दिने
Compare →
Ekantipur
1h ago
काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने सुमनाको घोषणा

काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने सुमनाको घोषणा

उनले सामाजिक संजालबाट आफु मेयरमा उठने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । ४ बैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

#मेयर #काठमाडौं #सुमना
Compare →

Related Stories

Politics & Governance
Build #2612