Trending
Prev Story
Next Story

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश नबाँड्ने

Bizshala •
November 18, 2026 • 07:34 AM
3
3 reads 0 reactions

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण...

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश नबाँड्ने

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सञ्चित नाफा कोषबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्य सम्पन्न भई लेखापरीक्षकबाट प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन प्राप्त भएपछि सञ्चालक समितिले वार्षिक वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण स्वीकृत गरेको हो।

बैठकले वित्तीय संस्थामा रहेको सञ्चित नाफा कोषबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वा बोनस सेयर दुवै नपाउने भएका छन्।

सञ्चालक समितिले स्वीकृत वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृतिका लागि पेस गर्ने निर्णयसमेत गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1h ago
नेष्डो समृद्ध लघुवित्तका सेयरधनीकाे हात खाली

नेष्डो समृद्ध लघुवित्तका सेयरधनीकाे हात खाली

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको...

#वित्तीय #लाभांश #नेष्डो
Compare →
Ekantipur
37m ago
राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार खुद आय (नाफा) आर्जन गरेको छ । गत वर्षको तुलनामा यो ३.८४ प्रतिशतले बढेको हो ।

#लाभांश #नाफा
Compare →
Onlinekhabar
5d ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#सेयरधनी #लाभांश
Compare →
Hamro Patro News
5d ago
एनएमबी बैंकले बोलायो मङ्सिर २५ मा साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

एनएमबी बैंकले बोलायो मङ्सिर २५ मा साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं – एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मङ्सिर २५ गते ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको सूचन...

#लाभांश #सेयरधनी
Compare →
Nagarik News
23h ago
प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूलताका बीच पनि सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताएका छन्।

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2612