Trending
Prev Story
Next Story

नेपालको पूर्वाधार विकासमा दीर्घकालीन साझेदारी गर्न दक्षिण कोरिया तयार

Onlinekhabar •
November 18, 2026 • 06:30 AM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं ।  दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।  बुधबार काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत जे …

नेपालको पूर्वाधार विकासमा दीर्घकालीन साझेदारी गर्न दक्षिण कोरिया तयार

२ मंसिर, काठमाडौं ।  दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।

बुधबार काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत जे क्युङ पार्कले नेपालको विकास प्राथमिकतामा भरपर्दो साझेदारका रूपमा सहयोग गर्न कोरिया इच्छुक रहेको बताएका हुन् ।

उनले पूर्वाधार विकास आर्थिक वृद्धि, राष्ट्रिय सम्पर्क विस्तार र नागरिकको जीवनस्तर सुधारको महत्वपूर्ण आधार भएको बताए ।

दक्षिण कोरियाले सडक, एक्सप्रेसवे, पुल तथा सुरुङ निर्माणमा हासिल गरेको अनुभव र प्राविधिक विशेषज्ञता नेपालसँग साझा गर्न चाहेको उनको भनाइ छ ।

राजदूत पार्कले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणमा कोरियाली कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनले समग्र डिजाइन तथा सुपरिवेक्षणको काम गरिरहेको जानकारी दिए ।

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले महादेवटार सुरुङ निर्माण गरिरहेको उल्लेख गर्दै उनले दुवै देशका कम्पनीले आ–आफ्नो प्राविधिक दक्षतामार्फत आयोजनामा योगदान पुर्‍याइरहेको बताए ।

उनले नेपालको राष्ट्रिय गौरवको आयोजना अघि बढाउने सरकारको प्रतिबद्धताको प्रशंसा गर्दै यसको सफल कार्यान्वयनमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताए ।

दक्षिण कोरियाको विकास अनुभव प्रस्तुत गर्दै राजदूत पार्कले सन् १९६० को दशकको अन्त्यतिर सोल र बुसान जोड्ने ग्योङ्बु एक्सप्रेसवे निर्माणमा कोरियाली सेनाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

नेपालको द्रुतमार्ग निर्माणमा नेपाली सेनाले गरिरहेको योगदानसँग उक्त अनुभव समान रहेको उनले बताए ।

उनले द्रुतमार्ग आयोजना सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिँदै नेपालसँग पूर्वाधार विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिशद्धता व्यक्त गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3h ago
पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना...

#विकास #पूर्वाधार
Compare →
Ekantipur
15h ago
फुटबल: दक्षिण कोरिया जाँदै नेपाली बहिरा फुटबल टोली

फुटबल: दक्षिण कोरिया जाँदै नेपाली बहिरा फुटबल टोली

पाँचौं एसिया/प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा भाग लिन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन जाने भएको छ ।

#दक्षिण #कोरिया
Compare →
Nagarik News
4h ago
सरकारले सात इन्जिनियरलाई सेवाबाट हटायो

सरकारले सात इन्जिनियरलाई सेवाबाट हटायो

सरकारले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कार्यरत सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।

#विकास #पूर्वाधार
Compare →
Arthasansar
1h ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#विकास
Compare →
Hamro Patro News
16h ago
मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट

मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट

मलेसियाको मानव विकास सूचकाङ्क (एचडीआई) सन् २०२५ मा ०.८२४ कायम रहेको छ । आम्दानी र औसत आयुमा भएको सुधारले देशको मानव विकास सूचकाङ्क उच्च स्तरमा कायम राख्न सहयोग पुगेको मलेसियाको तथ्याङ्क विभाग (डीओए...

#विकास
Compare →

Related Stories

National (Nepal)
Build #2612