Trending
Prev Story
Next Story

सरकारले सात इन्जिनियरलाई सेवाबाट हटायो

Nagarik News •
November 18, 2026 • 02:15 AM
3
3 reads 0 reactions

सरकारले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कार्यरत सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।

1 / 2
Swipe Photos

सरकारले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कार्यरत सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई सेवाबाट हटाएको हो।

मन्त्रालयले बुधबार प्रकाशित गरेको सूचनाअनुसार २०८३ कात्तिक २० गतेको निर्णयबाट उनीहरूलाई सेवाबाट हटाइएको हो।

सेवाबाट हटाइनेमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरहरू छन्।

सूचनाअनुसार पुजन न्यौपाने, सृष्टि भुषा, सम्योग श्रेष्ठ, आस्था आचार्य र नरेश थापालाई कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएको छ।

त्यस्तै, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठलाई बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) मा भएको व्यवस्थाअनुसार उनीहरूमाथि कारबाही गरेको जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ ०८:०० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना...

#इन्जिनियर #सात #पूर्वाधार
Compare →
Onlinekhabar
2h ago
पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए

पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए

२ मंसिर, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका …

#इन्जिनियर #पूर्वाधार #विकास
Compare →
Ekantipur
2d ago
डेढ महिनापछि खुल्यो आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक

डेढ महिनापछि खुल्यो आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक

रिङ्दीमा सडक भासिएपछि सडक पूर्वाधार विकास कार्यालयले माथिल्लो भेगबाट नयाँ ट्रयाक खोलेर यातायात पुनः सञ्चालन गरेको हो।

#पूर्वाधार #विकास
Compare →
Hamro Patro News
3d ago
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दी – धौलागिरि क्षेत्रका चार जिल्ला कार्यक्षेत्र हुने गरि म्याग्दीको सदरमुकाम बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ।

#पूर्वाधार #विकास
Compare →

Related Stories

Politics & Governance
Build #2612