Trending
Prev Story
Next Story

यी हुन् देशका पाँच सुकुम्बासीमुक्त पालिका

Nagarik News •
November 18, 2026 • 02:33 AM
3
3 reads 0 reactions

भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्यामुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो।

यी हुन् देशका पाँच सुकुम्बासीमुक्त पालिका

बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्यामुक्त पालिका घोषित भएको छ। भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्यामुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो।

समितिले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार समस्यामुक्त घोषित अन्य पालिकामा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका हुन्।

जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्बासी परिवारलाई घडेरी खरिद गरी घर निर्माण गर्न प्रतिपरिवार रु तीन लाखका दरले रु ५४ लाख उपलब्ध गराएको थियो।

ती परिवारले लालपूर्जासहित घर प्राप्त गरेपछि पालिकामा सुकुम्बासी समस्या नरहेको विवरण समितिलाई पठाइएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए।

प्रकाशित: २ मंसिर २०८३ ०८:१८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2h ago
यी हुन् देशका पाँच सुकुम्बासीमुक्त पालिका

यी हुन् देशका पाँच सुकुम्बासीमुक्त पालिका

बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्यामुक्त पालिका घोषित भएको छ। भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्यामुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो। स...

#पालिका #समस्यामुक्त #जैमिनी
Compare →
Bizshala
16h ago
भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

काठमाण्डौ । सरकारले देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याबाट...

#समस्यामुक्त #सुकुम्बासी #पालिका
Compare →

Related Stories

Technology
Build #2612