Trending
Prev Story
Next Story

ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी

Nagarik News •
November 18, 2026 • 01:21 AM
4
4 reads 0 reactions

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक पूर्वाधार र भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लाभरका व्यापारिक क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको हो।

1 / 2
Swipe Photos

काठमाडौंका सबै बजार, व्यापार तथा व्यवसायलाई २४ घण्टा खुला गर्ने तयारी थालिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक पूर्वाधार र भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लाभरका व्यापारिक क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको हो।

जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै काठमाडौंलाई २४ घण्टा खुला गर्ने रणनीतिगत तयारी भइरहेको जनाएको छ।

यसअघि नै काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने निर्णय भइसकेको थियो।

काठमाडौं देशको संघीय राजधानी र महत्त्वपूर्ण क्षेत्र भएकाले जिल्लाभर नै २४ घण्टा व्यापार, व्यवसाय सञ्चालन गर्न आवश्यक तयारी भइरहेको प्रशासनले जनाएको छ।

यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था मिलाउने तयारी भइरहेको छ। त्यस्तै, यातायात, व्यापार, व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षालाई भरपर्दो बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

जिल्लाका अन्य बजार तथा व्यापारिक क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग छिट्टै समन्वयात्मक बैठक आयोजना गरिने प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार आवश्यक तयारी पूरा भएपछि मात्रै काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने निर्णय गरिनेछ।

तर, तत्कालका लागि ठमेल र दरबारमार्गबाहेक अन्य क्षेत्रका व्यवसायीले भने पुरानै समयअनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्नेछ। अर्को सूचना जारी नभएसम्म तोकिएको समयभन्दा बाहिर व्यवसाय सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: २ मंसिर २०८३ ०७:०६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
15h ago
टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो ।

#घण्टा #तयारी
Compare →
Onlinekhabar
19h ago
आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्धको आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला …

#काठमाडौं #तयारी
Compare →
Hamro Patro News
1h ago
एनपिएल : इलिमिनेटरमा आज काठमाडौँ र चितवन खेल्दै

एनपिएल : इलिमिनेटरमा आज काठमाडौँ र चितवन खेल्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोजका बिच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे चार बजे स...

#काठमाडौं
Compare →
Bizshala
1h ago
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण बढ्दै विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।आईक्यूएयरका...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612