सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो ।
काठमाडौँ — काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटले ग्रोसरी सेवा २४ घण्टा सञ्चालन गर्ने योजना स्थगित गरेको छ । सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो ।
भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि योजना स्थगित गरिएको जनाएको छ ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले आवश्यक तयारी पूरा गरी छिट्टै नै २४ घण्टा सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् ।
ग्राहकलाई सहज, सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । प्राविधिक कारणले तत्कालका लागि योजना स्थगित गर्नुपरेको उनले बताएका छन् ।