Trending
Prev Story
Next Story

यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ देखि, तयारी तीव्र

Ekantipur •
November 17, 2026 • 01:02 PM
2
2 reads 0 reactions

सातै प्रदेशका टोली सहभागी हुने प्रतियोगिताका खेल कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा सञ्चालन हुनेछन्।

यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ देखि, तयारी तीव्र

सातै प्रदेशका टोली सहभागी हुने प्रतियोगिताका खेल कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा सञ्चालन हुनेछन्।

कञ्चनपुर — यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही मंसिर ७ देखि २१ सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल मैदान र कैलालीको धनगढीस्थित फाप्ला मैदानमा संयुक्त रूपमा आयोजना हुने भएको हो ।

प्रतियोगिताको तयारी तीव्र पारिएको कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । उनका अनुसार प्रतियोगिता सञ्चालन हुने महेन्द्रनगरको कभर्डहल मैदान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । 'मैदानको पिच र आउटफिल्ड सम्याउने काम लगभग सकिएको छ भने मैदान परिसरको सरसफाइसमेत भइरहेको छ,' चन्दले भने, 'प्रतियोगितामा सातै प्रदेशका टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन धनगढीस्थित फाप्ला मैदानमा र फाइनल खेल महेन्द्रनगरस्थित कवर्डहल मैदानमा गर्ने तयारी छ । प्रतियोगिताका अन्य खेल दुवै मैदानमा सञ्चालन हुनेछन् ।'

प्रतियोगिता सुरु हुनुअघि बाँकी कामसमेत सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए । प्रतियोगितामा सहभागी सातै प्रदेशका खेलाडी तथा अफिसियलको बसोबासका लागि होटेलको व्यवस्था गरिएको छ । खेलाडीहरूको खानपान व्यवस्थापनअन्तर्गत होटेलमै बसोबासको व्यवस्था गरिएको र दिउँसो खेलको बीचमा खाना भने खेलमैदानमै उपलब्ध गराइने अध्यक्ष चन्दले जानकारी दिए ।

प्रतियोगिता सफल बनाउन अध्यक्ष चन्दले सुदूरपश्चिमवासीसँग सहयोग र समर्थनको अपिल गरेका छन् ।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#मंसिर #तयारी
Compare →
Onlinekhabar
7h ago
मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

१ मंसिर, काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० …

#मंसिर #देखि
Compare →
Nagarik News
7h ago
रोकिएको ‘वीर गणेशमान’ मंसिर ४ देखि पुनः मञ्चन हुँदै

रोकिएको ‘वीर गणेशमान’ मंसिर ४ देखि पुनः मञ्चन हुँदै

भदौ १० मा गएको विनाशकारी भोटेकोसी बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ।

#मंसिर #देखि
Compare →
Hamro Patro News
19h ago
१२ बजे १२ समाचार : तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामादेखि प्रधानमन्त्रीको भारत भ्रमण तयारीसम्म

१२ बजे १२ समाचार : तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामादेखि प्रधानमन्त्रीको भारत भ्रमण तयारीसम्म

काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. दलहरूको मधेस मोह यसपालि छठ पर्व मनाउन सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्ट...

#देखि #तयारी
Compare →

Related Stories

Sports
Build #2612