Trending
Prev Story
Next Story

रोकिएको ‘वीर गणेशमान’ मंसिर ४ देखि पुनः मञ्चन हुँदै

Nagarik News •
November 17, 2026 • 06:19 AM
3
3 reads 0 reactions

भदौ १० मा गएको विनाशकारी भोटेकोसी बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ।

रोकिएको ‘वीर गणेशमान’ मंसिर ४ देखि पुनः मञ्चन हुँदै

भदौ १० मा गएको विनाशकारी भोटेकोसी बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ।

मंसिर ४ देखि १९ गतेसम्म कालिकास्थानको सर्वनाम थिएटरमा नाटक मञ्चन हुने भएको हो। मञ्चनअघि निर्माण पक्षले नाटकको औपचारिक ट्रेलर पनि युट्युबमा सार्वजनिक गरेको छ।

गणेशमान सिंह फाउण्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार पारिएको नाटकको परिकल्पना, नाट्य रूपान्तरण र निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लको रहेको छ।

नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ बजे प्रदर्शन हुनेछ। शनिबार दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ। नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा आधारित नाटक रहेको छ।

सत्ता र शक्तिका अगाडि नझुकेका क्रान्तियोद्धा गणेशमान सिंहको जीवन र संघर्षमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहसलाई प्रस्तुत गर्छ। जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना र २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्रीको पद त्यागेको ऐतिहासिक क्षण नाटकमा समेटिएको छ।

स्क्रिप्ट सम्पादन प्रा.डा. सावित्री कक्षपतीले गरेकी हुन्। करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले ५० वर्षको नाट्ययात्रामा पहिलोपटक विम्ब र प्रतीकको शैली छाडेर यथार्थपरक प्रस्तुति अँगालेका छन्।

नाटकमा वीर गणेशमानको भूमिका अभिनेता अभयराज बरालले निभाएका छन्। पहिलेको मञ्चनमा उनको निकै प्रशंसा भएको थियो।

नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय छ।

निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ केवल कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभइ निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो।

प्रकाशित: १ मंसिर २०८३ १२:०४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
नेपाल प्रहरीमा दुई महिनादेखि रोकिएको सरुवा अगाडि बढाउने तयारी

नेपाल प्रहरीमा दुई महिनादेखि रोकिएको सरुवा अगाडि बढाउने तयारी

काठमाडौं । नेपाल प्रहरीमा दुई महिनादेखि रोकिएको सरुवा अगाडि बढाउने तयारी भएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले सरुवाको गृहकार्य अघि बढाएका छन् । प्रहरी स्रोतका अनुसार सुरुमा...

#रोकिए #देखि
Compare →
Onlinekhabar
1h ago
मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

१ मंसिर, काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० …

#मंसिर #देखि
Compare →
Ekantipur
22h ago
मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मंसिर ५ देखि ८ गतेसम्म चल्ने महोत्सवमा ३० वटा स्टल, फुड फेस्टिभल र १२.५ किलोमिटर ट्रेल रेस आयोजना हुनेछ।

#मंसिर #देखि
Compare →
Arthasansar
1d ago
कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित...

#मंसिर #देखि
Compare →

Related Stories

Technology
Build #2612