Trending
Prev Story
Next Story

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

Ekantipur •
November 17, 2026 • 01:02 PM
2
2 reads 0 reactions

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

काठमाडौँ — सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका साथै स्वदेशी 'इला' होटल चेन ब्रान्डका प्रवर्द्धक तथा लगानीकर्ताका रूपमा परिचित छन् ।

संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । सर्वोच्च शिखर सगरमाथाको हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, जंगल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाहरूले यस क्षेत्रमा पर्यटनको अपार सम्भावना बोकेको उनको भनाइ छ ।

विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा एक विशाल आन्तरिक पर्यटन बजार रहेको उल्लेख गर्दै उनले यो सम्भावनालाई यथार्थमा बदल्न समग्र सार्क क्षेत्रमै पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार अपरिहार्य रहेको बताएका छन् ।

यस क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डहरूलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै संयोजक ढकालले भने, 'अन्तरदेशीय लगानी विस्तारले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई समेत टेवा पुर्‍याउँछ । नेपालकै सन्दर्भमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनहरूलाई यहाँको पर्यटन पूर्वाधारमा आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय स्तरमा जोड्न सकिन्छ ।'

क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ भन्ने भावनाका साथ अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याएका छन् । विभिन्न देशका गन्तव्यहरूलाई समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदानप्रदान बढाउन सकिने उनको धारणा छ ।

क्षेत्रीय पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको उल्लेख गर्दै उनले सार्क राष्ट्रका प्रमुख सहरहरूबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमनमा तीव्रता आउने बताएका छन् । यसै क्रममा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पनि सार्कका प्रमुख गन्तव्यहरूसँग सीधा हवाई सम्पर्कमा जोड्न सकिएमा क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीचको बलियो सहकार्य अनिवार्य रहेको बताउँदै संयोजक ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चहरूले पुलको काम गर्न सक्ने उल्लेख गरेका छन् ।

उनले समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
55m ago
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सिसिआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्। माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समितिको बैठकले उनलाई उक्त जिम्मेवा...

#सार्क #चेम्बर #समितिको
Compare →
Onlinekhabar
1h ago
सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

१ मंसिर, काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समिति बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल …

#सार्क #चेम्बर #ढकाल
Compare →
Bizshala
4d ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#ढकाल #पर्यटन #चन्द्र
Compare →
Nagarik News
1d ago
सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

बाढीपछि ‘नेपाल कलिङ, आइएमइन नेपाल, नेपाल सेफ’ जस्ता अभियानमार्फत नेपाल खुला छ, नेपाल स्वागत गर्न तयार छ र विपत्तिबाट प्रभावित सीमित क्षेत्रबाहेक देशका अधिकांश पर्यटन गन्तव्य पर्यटकका लागि खुला छन् भन्ने सन्देश विश्वभर पुर्याउन सरकारले प्रयास गरेको थियो।

#पर्यटन
Compare →
Arthasansar
4d ago
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न...

#ढकाल
Compare →

Related Stories

Business & Economy
Build #2612