Trending
Prev Story
Next Story

होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा

Bizshala •
November 16, 2026 • 11:34 AM
3
3 reads 0 reactions

काठमाण्डौ । मुलुकको पर्यटन तथा होटल व्यवसायमा आर्थिक गतिविधि बढ्न थाले पनि त्यसको सकारात्मक प्रभाव अधिकांश होटलको...

होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा

काठमाण्डौ । मुलुकको पर्यटन तथा होटल व्यवसायमा आर्थिक गतिविधि बढ्न थाले पनि त्यसको सकारात्मक प्रभाव अधिकांश होटलको नाफामा देखिन सकेको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनीमध्ये चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ कम्पनी नोक्सानीमा देखिएका छन्।

सार्वजनिक वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म आठमध्ये पाँच कम्पनीको व्यापार बढेको छ। तर व्यापार बढाएका कतिपय कम्पनीसमेत घाटाबाट बाहिर निस्कन सकेका छैनन्।

समीक्षा अवधिमा सोल्टी होटल र चन्द्रागिरी हिल्स मात्रै नाफा कमाउन सफल भएका छन्। बाँकी तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, कालिञ्चोक दर्शन, सिटी होटल, बन्दीपुर केबलकार र होटल फरेस्ट इन नोक्सानीमा छन्।

यसले होटल व्यवसायमा आम्दानी वृद्धि हुनु मात्रै नाफाको सुनिश्चित आधार नभएको देखाएको छ।

पहिलो त्रैमासमा सबैभन्दा धेरै व्यापार गर्ने कम्पनी सोल्टी होटल बनेको छ।

सोल्टीले तीन महिनामा ७२ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ६२ करोड ७९ लाख रुपैयाँ थियो।

यस आधारमा सोल्टीको आम्दानी १४.८९ प्रतिशतले बढेको छ।

व्यापारसँगै कम्पनीले नाफामा पनि सुधार गरेको छ। समीक्षा अवधिमा सोल्टीले करिब १४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा करिब १२ करोड ३६ लाख रुपैयाँ थियो। यसरी सोल्टीको नाफा १५.२० प्रतिशतले बढेको हो।

सूचीकृत आठ कम्पनीमध्ये आम्दानी र नाफा दुवैका आधारमा सोल्टी सबैभन्दा अगाडि देखिएको छ।

समीक्षा अवधिमा वित्तीय अवस्थामा उल्लेख्य सुधार गर्ने अर्को कम्पनी चन्द्रागिरी हिल्स हो।

अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको चन्द्रागिरी चालु वर्षको सोही अवधिमा २ करोड ८३ लाख रुपैयाँभन्दा बढी नाफामा पुगेको छ।

कम्पनीको व्यापार ३७.४२ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको पहिलो तीन महिनामा १३ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको चन्द्रागिरीले यस वर्ष करिब १९ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ।

यसरी आम्दानीमा भएको वृद्धिसँगै कम्पनी घाटाबाट नाफामा फर्किएको हो।

सूचीकृत होटल तथा पर्यटन कम्पनीमध्ये चन्द्रागिरीले समीक्षा अवधिमा नाफाको अवस्थामा उल्लेख्य सुधार देखाएको छ।

ओरियन्टल होटलले पनि पहिलो त्रैमासमा आम्दानी बढाएको छ। कम्पनीको व्यापार १७.६२ प्रतिशतले वृद्धि हुँदै करिब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले करिब २१ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

व्यापार बढेसँगै ओरियन्टलको नोक्सानी भने उल्लेख्य रूपमा घटेको छ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा करिब २ करोड ९६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनी यस वर्ष २८ लाख रुपैयाँ घाटामा सीमित भएको छ।

यसले कम्पनी नाफाको नजिक पुगे पनि पहिलो त्रैमासमा घाटाबाट पूर्ण रूपमा बाहिर निस्कन नसकेको देखाएको छ।

पहिलो त्रैमासमा सबैभन्दा बढी नोक्सानी व्यहोर्ने कम्पनी होटल फरेस्ट इन बनेको छ।

कम्पनीले समीक्षा अवधिमा करिब ४ करोड ९९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

यद्यपि अघिल्लो वर्षको तुलनामा यसको घाटा घटेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनी करिब ६ करोड ५० लाख रुपैयाँ नोक्सानीमा थियो।

यस वर्ष कम्पनीको आम्दानी ३.८९ प्रतिशतले बढेर करिब ४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

अर्थात् व्यापार बढे पनि कम्पनी अझै ठूलो नोक्सानीमा रहेको छ।

तारागाउँ रिजेन्सी होटलको अवस्था भने अन्य कम्पनीको तुलनामा फरक देखिएको छ।

कम्पनीको आम्दानी अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ९६.३२ प्रतिशतले घटेको छ।

गत वर्ष पहिलो तीन महिनामा करिब २० करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस वर्ष सोही अवधिमा आम्दानी घटेर करिब ७५ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीले समीक्षा अवधिमा करिब ३ करोड २६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको घाटा करिब २ करोड ३७ लाख रुपैयाँ थियो।

गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित होटल अझै सञ्चालनमा आउन नसकेको समाचारमा उल्लेख छ।

यसको प्रत्यक्ष असर कम्पनीको व्यापार र वित्तीय अवस्थामा परेको देखिन्छ।

सिटी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ४ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको घाटा करिब ५ करोड ५७ लाख रुपैयाँ थियो।

यसरी सिटी होटलको घाटा घटे पनि कम्पनी नाफामा फर्किन सकेको छैन।

कम्पनीको आम्दानीसमेत ४.६० प्रतिशतले घटेको छ।

यता कालिञ्चोक दर्शनको आम्दानी ३७.६७ प्रतिशतले घटेर करिब ४९ लाख ७७ हजार रुपैयाँमा झरेको छ।

कम्पनीले समीक्षा अवधिमा करिब ४६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यसको घाटा करिब ३४ लाख रुपैयाँ थियो।

बन्दीपुर केबलकारको आम्दानी १.६१ प्रतिशतले बढे पनि कम्पनी करिब १ करोड ५४ लाख रुपैयाँ घाटामा रहेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार, रकम करिब रुपैयाँमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3d ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#होटल #नाफा #सोल्टी
Compare →
Onlinekhabar
1h ago
नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति

नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले गत भदौ २९ गते ल्याएको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्यायोजनामा नेप्सेको पुनर्संरचना कार्य तत्काल अघि बढाउने उल्लेख छ । ‘नेपाल स्टक एक्स्चेन्जको संस्थागत सुदृढीकरण तथा संरचनात्मक सुधार तथा क्षमता …

#शेयर-बजार #नेप्से
Compare →
Hamro Patro News
3d ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #नेप्से
Compare →
Ekantipur
3d ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सोल्टी
Compare →
Nagarik News
2d ago
अब राति २ बजेसम्म होटल खोल्न पाइने

अब राति २ बजेसम्म होटल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

#होटल
Compare →

Related Stories

Business & Economy
Build #2612