Trending
Prev Story
Next Story

सर्वोत्तम पेन्ट्सको नाफा ५० प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

Arthasansar •
November 16, 2026 • 08:35 AM
3
3 reads 0 reactions

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको नाफामा ५० प्रतिशत भन्दा बढीको सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४...

सर्वोत्तम पेन्ट्सको नाफा ५० प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको नाफामा ५० प्रतिशत भन्दा बढीको सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.८३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७८ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानी र नाफामा आएको यो सुधारको प्रमुख आधार बिक्री कारोबारमा भएको विस्तार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५५.७५ प्रतिशतले बढेर ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ७ करोड ४६ लाख रुपैयाँ थियो । बिक्री कारोबारमा भएको विस्तारले कम्पनीको कुल मुनाफा पनि बढाएको छ। गत वर्ष ३ करोड १४ लाख रुपैयाँ रहेको कुल मुनाफा यस वर्ष बढेर ४ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफामा पनि उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ९२ लाख ३९ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ८१.६८ प्रतिशतले वृद्धि भई १ करोड ६७ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँबाट बढेर ३७ करोड ४० लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा तथा कोषमा १ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको छ । पूँजी विस्तारका बीच कम्पनीले प्रतिशेयर आम्दानीलाई समेत सकारात्मक स्तरमा कायम राखेको छ । वित्तीय विवरणअनुसार वार्षिकीकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ३७ पैसा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #प्रतिशतले #सूचक
Compare →
Bizshala
25m ago
घाटाबाट नाफामा फर्कियो एनएलजी इन्स्योरेन्स, बीमाशुल्क आर्जन ४२ प्रतिशतले बढ्यो

घाटाबाट नाफामा फर्कियो एनएलजी इन्स्योरेन्स, बीमाशुल्क आर्जन ४२ प्रतिशतले बढ्यो

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको...

#नाफा #प्रतिशतले
Compare →
Ekantipur
2d ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Onlinekhabar
1d ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612