Trending
Prev Story
Next Story

५७ प्रतिशतले घट्यो हिमालयन रि–इन्स्योरेन्सको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?

Arthasansar •
November 16, 2026 • 05:35 AM
4
4 reads 0 reactions

मालयन रि–इन्स्योरेन्सको नाफामा उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय...

५७ प्रतिशतले घट्यो हिमालयन रि–इन्स्योरेन्सको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?

मालयन रि–इन्स्योरेन्सको नाफामा उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उच्च गिरावट आएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीको नाफा १० करोड ३६ लाख ७८ हजार रुपैयाँमा सिमित भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ५७.७२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद आर्जित बीमाशुल्कमा पनि उल्लेख्य गिरावट देखिएको छ । गत वर्षको असोजसम्म १ अर्ब १ करोड १० लाख ९ हजार रुपैयाँ रहेको यस्तो बीमाशुल्क चालु वर्षको सोही अवधिमा ५९ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, कुल आम्दानी १ अर्ब २४ करोड ७२ लाख ४७ हजार रुपैयाँबाट घटेर ७९ करोड ६० लाख ६९ हजार रुपैयाँमा झरेको छ। कुल आम्दानीमा ३६.१७ प्रतिशतको संकुचन देखिएको छ ।

त्यस्तै, कम्पनीको कुल खर्च पनि गत वर्षको ९१ करोड ३ लाख ५३ हजार रुपैयाँबाट घटेर ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ।  कमिसन खर्च २३ करोड ९ लाख ६९ हजार रुपैयाँबाट घटेर १२ करोड २७ लाख ४० हजार रुपैयाँमा झरेको छ । यसैगरी, कम्पनीले गत वर्षको सोही अवधिमा ५४ करोड ३० लाख ९४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेकोमा चालु वर्षको असोजसम्म २० करोड २२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

प्रतिसेयर आम्दानीसमेत ९ रुपैयाँ ५ पैसाबाट घटेर ३ रुपैयाँ ८२ पैसामा झरेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ०८ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ, विपत्ति कोष १४ करोड ४४ लाख १५ हजार रुपैयाँ र बीमा कोष ८३ करोड ४६ लाख ८६ हजार रुपैयाँमा स्थिर रहेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
23h ago
हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक...

#नाफा #प्रतिशतले #हिमालयन
Compare →
Hamro Patro News
2h ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी ...

#नाफा #सूचक
Compare →
Onlinekhabar
1d ago
आम्दानीसँगै बढ्यो हिमालयन डिस्टिलरीको नाफा

आम्दानीसँगै बढ्यो हिमालयन डिस्टिलरीको नाफा

२९ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड …

#नाफा #हिमालयन
Compare →
Ekantipur
1d ago
हिमालयन डिस्टिलरीको नाफा दुई गुणाभन्दा धेरैले बढ्यो

हिमालयन डिस्टिलरीको नाफा दुई गुणाभन्दा धेरैले बढ्यो

यसअघि कम्पनीले नौ करोड दुई लाख नाफा आर्जन गरेकोमा यसपटक २१ करोड ४९ लाख गरेको हो।

#नाफा #हिमालयन
Compare →

Related Stories

Science & Climate
Build #2612