Trending
Prev Story
Next Story

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

Onlinekhabar •
November 15, 2026 • 07:30 AM
2
2 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ अर्ब ९४ करोड रुपैयाँ छ । गत वर्ष यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ३ अर्ब ८५ करोड रुपैयाँ थियो ।

कम्पनीको आम्दानी बढे पनि नाफा पहिलेको तुलनामा घटेको छ । चालु आवको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ६७ करोड रुपैयाँ थियो ।

वित्तीय खर्च बढ्दा कम्पनीको नाफामा केही असर परेको छ । यस्तो खर्च पहिले १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब १४ करोड रुपैयाँ छ ।

आयोजना पूर्ण सञ्चालनमा रहेको कम्पनीले वित्तीय विवरणमा स्पष्ट पारेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा छ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता १९३ रुपैयाँ छ । हालसम्म यस कम्पनीले सेयरधनीलाई लाभांश दिन सकेको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
अप्पर तामाकोशीको नाफा १.१२ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी बढ्यो

अप्पर तामाकोशीको नाफा १.१२ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी बढ्यो

काठमाडौं । अप्पर तामाकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ...

#जलविद्युत् #नाफा #आम्दानी
Compare →
Arthasansar
6d ago
सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

#नाफा #आम्दानी
Compare →
Hamro Patro News
15h ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा #कमायो
Compare →
Nagarik News
6d ago
दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

#बिक्री #आम्दानी
Compare →
Ekantipur
8m ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612