Trending
Prev Story
Next Story

भारततर्फ लैजान लागेको अवस्थामा तीन लाख बढीको ओखर बरामद

Onlinekhabar •
November 15, 2026 • 07:31 AM
2
2 reads 0 reactions

२९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर र साइकल बरामद गरेको छ । शनिबार राति ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै …

भारततर्फ लैजान लागेको अवस्थामा तीन लाख बढीको ओखर बरामद

२९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर र साइकल बरामद गरेको छ ।

शनिबार राति ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत देविस्थान सीमा सुरक्षा गुल्म बीओपी सुन्दरनगर र बीओपी कञ्जभोजबाट खटिएका तीनवटा टोलीले संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सामान बरामद गरेका हुन् ।

बरामद सामानमा ५९० केजी ओखर, ढुवानीमा प्रयोग गरिएका चारवटा साइकल रहेका छन् । ओखरको मूल्य २ लाख ९५ हजार रुपैयाँ र साइकलको मूल्य २० हजार रुपैयाँ गरी कुल ३ लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
5d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद #अवस्थामा
Compare →
Hamro Patro News
18h ago
भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवै...

#बरामद
Compare →
Ekantipur
23h ago
बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

#बरामद
Compare →
Bizshala
2d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →
Nagarik News
4d ago
अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।

#बरामद
Compare →

Related Stories

World News
Build #2612