Trending
Prev Story
Next Story

बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा

Onlinekhabar •
November 14, 2026 • 12:31 PM
1
1 reads 0 reactions

२८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनारलाई सशस्त्र प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा …

बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा

२८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनारलाई सशस्त्र प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

मानव बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न आवश्यक देखिएपछि नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

आवश्यक जाँचबुझ तथा कारबाहीका लागि दुवै युवतीलाई आफन्त नेपालकी कार्यालय संयोजक सुनिता सिनाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक विश्वास खत्रीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यद्यपि उनीहरू भारत जानुको वास्तविक कारण र मानव बेचबिखनसँग सम्बन्धित कुनै जोखिम भए नभएको विषयमा थप अनुसन्धान तथा पुष्टि हुन बाँकी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
8h ago
गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

टिंकर र छाङरुवासी भन्छन्–'काठमाडौंमा सीमा सम्बन्धी बहस भए यता हामीलाई पोल्छ'

#सीमा #भारत #जान
Compare →
Hamro Patro News
9h ago
देउसी–भैलोमा नृत्य गरेका तीन युवती किन पक्राउ परे ?

देउसी–भैलोमा नृत्य गरेका तीन युवती किन पक्राउ परे ?

भैरहवा– देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन युवतीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहीबार (कात्तिक २६ गते) वडा प्...

#युवती
Compare →
Nagarik News
1d ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#नियन्त्रण #भारत
Compare →

Related Stories

World News
Build #2612