Trending
Prev Story
Next Story

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

Onlinekhabar •
November 14, 2026 • 09:01 AM
2
2 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न …

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् ।

सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

मुख्य सचेतक बुर्लाकोटीले भ्रमणको आवश्यक तयारी र प्रभावकारी सहभागिताका लागि सभापति लामिछानेद्वारा मार्गनिर्देशन प्राप्त भएको उल्लेख गरे । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाँदैछ ।

भ्रमण टोलीमा महामन्त्री आचार्यको नेतृत्वमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि सहभागी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
चीन भ्रमणमा जाने सांसदहरूसँग रवि लामिछानेले पनि गरे छलफल

चीन भ्रमणमा जाने सांसदहरूसँग रवि लामिछानेले पनि गरे छलफल

जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेका छन्। सभापति लामिछानेको निवासमा जारी छलफलमा रास्वपाका महामन्त्री ...

#रवि-लामिछाने #भ्रमण #रास्वपा
Compare →
Nagarik News
4h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#रवि-लामिछाने #भ्रमण #रास्वपा
Compare →
Ekantipur
2h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#भ्रमण #रास्वपा #चीन
Compare →

Related Stories

World News
Build #2612